सोमबार, फागुन १८, २०८२

कांग्रेस प्रदेश २ को उपसभापतिमा घिमिरेको उम्मेदवारी घोषणा

नेपाली कांग्रेस प्रदेश २ का उपसभापतिमा प्रफुल्ल घिमिरेले उम्मेदवारी दिने घोषणा गरेका छन्।
 |  बिहीबार, मंसिर १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १६, २०७८

जनकपुरधाम– नेपाली कांग्रेस प्रदेश २ का उपसभापतिमा प्रफुल्ल घिमिरेले उम्मेदवारी दिने घोषणा गरेका छन्। बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै घिमिरेले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनले विमलेन्द्र निधिको समूहबाट उपसभापतिमा उम्मेदवारी दिने बताए। 

घिमिरे २०३५ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेर निरन्तर नेपाली कांग्रेसमा रहेर राजनीति गर्दै आइरहेका छन्। उनले पछिलो ४३ वर्षदेखि राजनीतिमा लागेकोमा पटक पटक जेल यातना भोगेको बताए। उनी रारा बहुमुखी क्याम्पस जनकपुरको स्ववियु उपसभापति, तत्कालिन जिल्ला विकासको इलाका नं. १३ संयोजक, नेपाली कांग्रेस जनकपुर नगरसमितिको सदस्य र सचिव भएका हुन् भने तरुण दलको जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य भएर पनि काम गरिसकेका छन्।

नेपाली कांग्रेसको नयाँ संरचनामा पहिलो पटक उम्मेदवारी दिन लागेका घिमिरेले संगठनभित्रको विकृति विसंगतिहरुलाई हटाउन र नेपाली कांग्रेसलाई समावेशिताको सिद्धान्तको आधारमा विधिविधानमा मात्र सीमित नगरेर व्यवहारमा लागु गराउन अहम् भूमिका निर्वाह गर्ने बताए। 

नेपाल पत्रकार महासंघ धनुषाका सदस्यसमेत रहेका घिमिरेले आफ्नो उम्मेदवारी हरेक समुदाय, धर्म, जात, भाषाभाषीलाई समानताको आधारमा नेपाली कांग्रेसको नेतृत्व तहमा संगठनका पदाधिकारी, कार्यसमितिमा कसरी लग्ने त्यो अभियानमा लाग्ने बताए।

प्रकाशित: Dec 02, 2021| 12:27 बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।