बुधबार, जेठ २०, २०८३

जनगणनामा त्रुटि देखिएपछि तथ्यांक कार्यालयलाई ज्ञापनपत्र

हालै सम्पन्न राष्ट्रिय जनगणना २०७८ मा गम्भीर त्रुटि भएको भन्दै मैथिली साहित्यकार सभाको अगुवाइमा तथ्यांक कार्यालय धनुषामार्फत केन्द्रीय तथ्यांक विभागलाई ज्ञापनपत्र बुझाइएको छ।
 |  मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

जनकपुरधाम– हालै सम्पन्न राष्ट्रिय जनगणना २०७८ मा गम्भीर त्रुटि भएको भन्दै मैथिली साहित्यकार सभाको अगुवाइमा तथ्यांक कार्यालय धनुषामार्फत केन्द्रीय तथ्यांक विभागलाई ज्ञापनपत्र बुझाइएको छ।

National life

२०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म सम्पन्न भएको जनगणनामा व्यापक त्रुटि भएकाले त्यसलाई सच्याउनुपर्ने माग गर्दै मैथिली साहित्यकार सभाका सभापाल प्रेमविदेह ललनको अनुवाइमा जनकपुरधामस्थित विभिन्न ८ वटा भाषिक र सामाजिक संघसंस्थाका प्रतिनिधिहरुद्वारा तथ्यांक कार्यालय प्रदेश २ का प्रमुख विमलकुमार यादवलाई ज्ञापनपत्र बुझाइएको हो।

‘सप्तरी जिल्लास्थित हनुमाननगरको घटना ज्वलन्त उदाहरण हो जहाँ गम्भीर त्रुटि गरिएको कारण जनगणनाका सुपरिवेक्षकलाई बर्खास्त गरिएको थियो। यस्ता गडबडी सप्तरी, सिरहा, धनुषा, महोत्तरीसहित धेरैजसो जिल्लामा पाइएका छन्,’ विज्ञप्तीमा उल्लेख छ। ‘सुपरिवेक्षक र गणकहरुले सबैका घरमा तथ्यांक संकलन गर्न नगएको, पेनको सट्टा सीसाकलमले फारम भरेको, फारमको सट्टा सादा कागजसमेत प्रयोग गरिएको, कतिपय व्यक्तिसँग धर्म र मातृभाषासम्बन्धी प्रश्न नसोधिएको, उत्तरदाताले भनेको धर्म र मातृभाषाको सट्टा अर्को धर्म र मातृभाषा लेखेकोलगायतका गम्भीर गडबडी विभिन्न जिल्ला र पालिकाहरुमा देखिएका छन्,’ विज्ञप्तीमा भनिएको छ।

खासगरी मैथिलीभाषी जिल्ला झापादेखि रौतहटसम्मको क्षेत्रमा पूर्वाग्रह राखी जातिवादको राजनीति गर्ने राजनीतिक व्यक्ति, केही जातिवादी संघ–संस्था, कबीरपन्थी संस्था तथा कथित मगही र बज्जिका अभियन्ताहरुको निर्देशनमा मैथिलीभाषीको संख्या घटाउन मैथिली भाषालाई नै मगही र बज्जिका भनी फारममा उल्लेख गरिएको ‘मिथ्याङ’ कार्यालयमा पठाइएको विज्ञप्तीमा दाबी गरिएको छ।

मैथिली भाषाभाषी जिल्लाहरुबाट पठाइएको जनगणनासम्बन्धी तथ्याङको छानबीन गरी गलत मनसायले विवरण भरेका सुपरिवेक्षक र गणकहरुमाथि कारबाही गर्नसमेत माग गरिएको छ। साथै विवाद भएका क्षेत्रमा पुनः अर्को जनगणना टोली खटाउन विज्ञप्तीमार्फत अनुरोधसमेत गरिएको छ।

Shivam cement

प्रकाशित: Nov 30, 2021| 13:55 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।