आइतबार, चैत ३, २०८१

जनगणनामा छुटेकालाई कसरी समेटिन्छ?

गणनामा सहभागी हुन नसकेकाहरूले कार्यालय मै गएर वा कार्यालयले उक्त व्यक्तिको घरमै गणक पठाएर तथा मोबाइलबाट पनि जणनामा सहभागी गराउने कार्यालयले जनाएको छ।
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

जनकपुरधाम- तथ्यांक कार्यालय जनकपुरले जनगणनामा छुटेकाहरूलाई वैकल्पिक माध्यमबाट गणनामा सहभागी गराउने तयारी गरेको छ।

health

गणनामा सहभागी हुन नसकेकाहरूले कार्यालय मै गएर वा कार्यालयले उक्त व्यक्तिको घरमै गणक पठाएर तथा मोबाइलबाट पनि जणनामा सहभागी गराउने कार्यालयले जनाएको छ। 

फेसबुकसहित अन्य सामाजिक सञ्जाल र फोनबाट उजुरी गरेकाहरूलाई सम्पर्क गरी जनगणनामा सहभागी गराएको तथ्यांक कार्यालय जनकपुरधाम धनुषाका प्रमुख जनगणना अधिकारी विमलकुमार यादवले बताए। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर  २, ४, १३, र १४ मा गणना नभएकाहरू कार्यालयमै आएर जनगाणनामा सहभागिता जनाएका छन्,' प्रमुख यादवले भने,‘जनगाणनाको क्रममा छुटेका, घरमा कोही नभेटिएका र दुई स्थानमा बसोबास गर्नेहरू गणनामा छुटेको हुन्।’ 

गणकको काम गर्ने म्याद समाप्त भए पनि छुटेका घरलाई जनगणनामा समावेश गर्न सुपरीवेक्षक र गणकलाई परिचालन गरेकाे प्रमुख यादवले बताए। गुनासो आएपछि तथ्यांक रुजु गर्दा गुनासो गर्नेको घरमा गणकले गणना गरेको पाइएको छ। घरमा पुरुष वा घरमुली नभएको बेला महिला वा उपस्थित भएकै व्यक्तिलाई उत्तरदाता बनाएर गणना गरिएको छ। दिनभरी घरबाहिर बस्नेहररू गणक घरमा नआएको गुनासो गर्ने गरेको पाइएको यादवले बताए। 

घरका सबै सदस्यको नाम र विवरण राखेर उत्तरदातामा उपस्थित भएका सदस्यको नाम राख्ने व्यवस्था छ। धान काट्ने र गहुँलगायत अन्य बाली लगाउने हिउँदको समयमा जनगणना हुँदा प्रदेश २ का जिल्लामा तोकिएको समयमा घरमा पुगेका गणकले घरमुली र अन्य सदस्य फेला पार्न समस्या भएको तथ्यांक कार्यालयले जनाएको छ। 

प्रकाशित: Nov 29, 2021| 22:55 सोमबार, मंसिर १३, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।