सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • शिक्षक अनुपस्थित भएको भन्दै विद्यार्थीले गरे राजमार्ग अवरुद्ध, प्रहरीद्वारा अश्रु ग्यास प्रहार

शिक्षक अनुपस्थित भएको भन्दै विद्यार्थीले गरे राजमार्ग अवरुद्ध, प्रहरीद्वारा अश्रु ग्यास प्रहार

विद्यालयमा नियमित रुपमा शिक्षक अनुपस्थित रहँदै आएको भन्दै श्री गीता गजेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीले राजमार्ग अवरुद्ध गरेका छन्।
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

पर्सा- विद्यालयमा नियमित रुपमा शिक्षक अनुपस्थित रहँदै आएको भन्दै श्री गीता गजेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीले राजमार्ग अवरुद्ध गरेका छन्। 

वीरगन्ज महानगरपालिका– १८ सुखचैनामा स्थित त्रिभुवन राजमार्गमा पर्ने परवानीपुर चोकमा आन्दोलित विद्यार्थीहरुले राजमार्ग अवरुद्ध गरेका हुन्।

राजमार्ग अवरुद्धले वीरगन्ज भएर देशका अन्य भागमा जाने सवारीसाधनहरु अवरुद्ध भएका थिए। विगत लामो सयमदेखि विद्यार्थी विद्यालय जाँदा पनि शिक्षक विद्यालय नआएपछि कक्षा नै नगरी फर्कन बाध्य भएकाले आन्दोलनमा उत्रेको विद्यार्थीहरुले गुनासो छ।

राजमार्ग खुलाउन प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो। 

सामुदायिक विद्यालयको विद्यार्थीको समस्याप्रति सम्बन्धित निकाय उदासीन भएकाले ध्यानाकर्षण गराउन आन्दोलित गरेको विद्यार्थीहरुको भनाइ छ।

kumari


प्रकाशित: Nov 29, 2021| 17:47 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।