सोमबार, चैत ४, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • सर्लाही कांग्रेसको वडा अधिवेशनमा झडप, निर्वाचन अधिकृतसहित पाँच घाइते

सर्लाही कांग्रेसको वडा अधिवेशनमा झडप, निर्वाचन अधिकृतसहित पाँच घाइते

नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा गोली चलेको एक दिन नबित्दै फेरि वडा अधिवेशनकै क्रममा झडप हुँदा मतदान अधिकृतसहित ५ जना घाइते भएका छन्।
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

जनकपुरधाम– नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा गोली चलेको एक दिन नबित्दै फेरि वडा अधिवेशनकै क्रममा झडप हुँदा मतदान अधिकृतसहित ५ जना घाइते भएका छन्।  

health

सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ बलरा नगरपालिका–८ को वडा अधिवेशन गराउन पुगेका मतदान अधिकृत उमेशचन्द्र झामाथि आक्रमण भएपछि प्रहरीसँगको झडपको क्रममा ५ जना घाइते भएका हुन्। वडा अधिवेशनकै क्रममा मतदान अधिकृत झामाथि हातपात हुन थालेपछि रोक्ने क्रममा प्रहरीसँग झडप भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिए।

झडपमा परेर जनता मावि फुलपरासीका मतदान अधिकृत झासहित ३ जना प्रहरी र एक जना सर्वसाधारण घाइते भएको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए। निर्वाचन अधिकृतको टाउकोमा चोट लागेको छ भने एक जना इन्सपेक्टरको हात भाँचिएको छ।

सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य अमरेश सिंह पक्षधरले मतदान अधिकृतमाथि हातपात गर्नै लाग्दा प्रहरीले उनको सुरक्षाका लागि मलंगवा लैजाने क्रममा प्रहरीसँग झडप भएको नेपाली कांग्रेस सर्लाहीका सभापति नागेन्द्र रायले बताए। 

यसअघि सोही क्षेत्रमा आइतबार साँझ वडा अधिवेशनकै क्रममा प्रदेश २ का महिला बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहमाथि हातपात हुनुका साथै उनका पिएसओले हवाई फायर गरेका थिए।

प्रकाशित: Nov 29, 2021| 16:02 सोमबार, मंसिर १३, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।