शुक्रबार, कात्तिक ९, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • जनकपुरधामका आन्दोलनरत वडाध्यक्षहरु काठमाडौंमा, नगर प्रमुखको कार्यकक्षको ताला फुटाइयो

Siddartha premir insuranceSiddartha premir insurance

जनकपुरधामका आन्दोलनरत वडाध्यक्षहरु काठमाडौंमा, नगर प्रमुखको कार्यकक्षको ताला फुटाइयो

सरसफाई व्यवस्थापनको माग गर्दै आन्दोलनमा रहेका वडाध्यक्षमाथि सरसफाई कर्मचारीले दुर्व्यवहार गरेपछि असन्तुष्ट वडाध्यक्षहरूले नगरप्रमुख साहको कार्यकक्षमा ताला लगाएका थिए।
 |  आइतबार, मंसिर १२, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुखको कार्यकक्षमा लगाइएको ताला आन्दोलरत वडाध्यक्षहरू काठमाडौं पुगेको मौका छोपेर नगरप्रमुख लालकिशोर साहले फुटाउन लगाएका छन्। 

triton college

सरसफाई व्यवस्थापनको माग गर्दै आन्दोलनमा रहेका वडाध्यक्षमाथि सरसफाई कर्मचारीले दुर्व्यवहार गरेपछि असन्तुष्ट वडाध्यक्षहरूले नगरप्रमुख साहको कार्यकक्षमा ताला लगाएका थिए। 

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५, १६, १७, १४, १८,२४,११ सहितका वडाअध्यक्षहरुलाई लगाएर नगरप्रमुख साहले आफ्नो कार्यकक्षमा लगाइएको ताला फुटाएका हुन्। 

सफाई कर्मचारी तथा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७का वडा सदस्य पंकज मण्डलसँग भएको विवादका कारण सोही वडाका वडाध्यक्ष सुदर्शन सिंह, वडा ७का वडाध्यक्ष जानकीराम साह, वडा ३का वडाध्यक्ष दीपेन्द्र साहले नगर  प्रमुख साहको कार्यकक्षमा ताला लगाएका थिए।

ताला लगाएको ६ दिनसम्म नगरपालिकाको कार्यालयसम्म नपुगेका नगर प्रमुख साह वडाध्यक्षहरु सामान्य प्रशासन मन्त्रालय काठमाडौंमा ज्ञापन पत्र बुझाउनका लागि पुगेको मौका छोपेर ताला फुटाउन लगाएका हुन्। 

Metro Mart
vianet

ताला फुटाएलगत्तै वडाध्यक्षविरुद्ध आन्दोलनरत कर्मचारीहरु आन्दोलन छोडेर काममा फर्किएका हुन्। ताला तोडेपछि मेयर साहले रामजानकी विवाहपञ्‍चमीलाई मध्यनजर गरी कर्मचारीहरुलाई कार्यमा फर्किन निर्देशन दिएपछि औपचारिक रूपमा सोमबारदेखि कामलाई निरन्तरता दिने कर्मचारीहरुले बताए। 

नगरप्रमुखको कार्यकक्षमा ताला लगाएका वडाध्यक्षहरु।

कर्मचारी एशोसिएशनका अध्यक्ष शरद लाभले हाम्रो आन्दोलन जारी नै रहेको बताउँदै रामजानकी विवाह महोत्सवमा देशविदेशबाट पहुनाहरु आउने भएकाले त्यसलाई ध्यानमा राखेर आफूहरु काममा फर्किएको  बताए। 

उता नगरप्रमुख साहको राजीनामा माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलनरत वडाध्यक्षहरूले घण्टौंसम्म विरोध प्रदर्शन गरेका छन्।

शनिबार जनकपुरधामबाट हिँडेका वडाध्यक्षहरूले विरोध प्रदर्शनका साथै सामान्य प्रशासन मन्त्रालयमा उपमहानगरपालिकाको दुरावास्थाबारे जानकारी गराउँदै हर-हिसाब पारदर्शी र फोहर व्यवस्थापन सहित माग गर्दै ज्ञापन पत्र बुझाएका छन्। सोमबार प्रधानमन्त्रीको कार्यालयलगायतका सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउने जनकपुरधाम उपमहागरपालिका वडा नम्बर ७का वडाध्यक्ष जानकीराम साहले जानकारी दिए।


प्रकाशित: Nov 28, 2021| 19:37 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।