मंगलबार, असार ३०, २०८३

घामले पग्लियो सडकको कालोपत्रे 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
क्विन्सल्यान्ड- अस्ट्रेलियाको उत्तरपूर्वी शहर क्विन्सल्यान्डमा सडकमा बिछ्याइएको कालोपत्रे पग्लिएको छ। बिटुमिन पग्लिएर गाडीका टायरमा टाँसिएको हो। 

स्थानीय अधिकारीहरूले त्यसलाई जलवायु परिवर्तनको कारण बताएका छन्। बिटुमिन टाँसिएका गाडीमा आगो लाग्ने सम्भावनाका कारण प्रहरीले गाडी चालक र यात्रीलाई हतारमा बाहिर निकालेको छ। 

५० भन्दा बढी गाडीका मालिकलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने सम्भावना छ। शहरका मेयर जोए पारोनेल्लाले अहिलेसम्म यस्तो घटना नदेखेको स्थानीय समाचार संस्था एबीसीसँग बताए । त्यसको कारण जलवायु परिवर्तन नै हुन सक्ने उनको आशंका छ।

एक साताअघि मात्र उक्त सडक पुनर्निर्माण गरिएको थियो । स्थानीय डेबोरा स्ट्यासीका अनुसार लामो समय जाडो र त्यसपछि वर्षासँगै शुरु भएको चर्को गर्मीको प्रभाव सडकमा देखिएको हो । सूर्यको ताप सडकमा पोखिनासाथ पग्लिन शुरु भएको उनले बताइन्।

गाडीका टायरहरू अर्को फेर्नुपर्ने गरी बिग्रिएका छन् । गाडीका बम्पर बार र प्यानलहरूमा पनि क्षति पुगेको छ। घटनापछि सडक बन्द गरिएको छ । -बीबीसी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।