शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • महाधिवेशनका लागि एकै स्थानबाट पाँच लाखले हेर्न मिल्ने मञ्‍च बनाउँदै एमाले

महाधिवेशनका लागि एकै स्थानबाट पाँच लाखले हेर्न मिल्ने मञ्‍च बनाउँदै एमाले

नेपालमा प्रयोग भएको सबैभन्दा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै मञ्‍च निर्माण भइरहेको मञ्‍च व्यवस्थापन समिति संयोजक एवं एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठले बताए।
 |  सोमबार, मंसिर ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ६, २०७८

चितवन- नेपाल कम्युनिष्ट पार्टी एमालेको महाधिवेशन उद्घाटनस्थलको मञ्‍चमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान गरिने भएको छ। नेपालमा प्रयोग भएको सबैभन्दा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै मञ्‍च निर्माण भइरहेको मञ्‍च व्यवस्थापन समिति संयोजक एवं एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठले बताए।  

प्रचार सहयोग समिति चितवनले महाधिवेशनको तयारीका सम्बन्धमा सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक श्रेष्ठले पाँच लाख नागरिकले सजिलै हेर्न मिल्नेगरी मञ्‍च निर्माणको काम भइरहेको बताए। 

उनका अनुसार एकै स्थानबाट पाँच लाख मानिसले उद्घाटन सत्र अवलोकन गर्न नसक्ने भएकाले विभिन्न स्थानबाट लाइभ प्रशारण गरिनेछ। उद्घाटन सत्र लाइभ गर्नका लागि भिडियो क्यामेराका साथै कम्तिमा दुई वटा ड्रोन क्यामेरा समेत प्रयोग गरिनेछ। त्यस्तैगरी सौराहामा बन्दसत्र हुने हल निर्माणको कामसुरु भइसकेको श्रेष्ठले जानकारी दिए।

प्रकाशित: Nov 22, 2021| 16:45 सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...