शुक्रबार, भदौ ५, २०८३

एमाले स्थायी कमिटी बैठक मंगलबारलाई सर्‍यो

नेकपा (एमाले)को स्थायी कमिटी बैठक भोलि बुधबारलाई सरेको छ।
 |  सोमबार, मंसिर ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ६, २०७८

काठमाडौं– नेकपा (एमाले)को स्थायी कमिटी बैठक भोलि बुधबारलाई सरेको छ।

आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक भोलिलाई सारिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताएका छन्।

बैठक तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्नेछ। महाधिवेशन तयारीबारे छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलाएको हो।  बैठकमा पाँच प्रतिशत प्रतिनिधिको छनोटसमेत हुने सचिव तामाङले जानकारी दिएका छन्।

एमाले महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ। महाधिवेशनमा १९९९ प्रतिनिधि सहभागी हुँदैछन्।  त्यसमध्ये देशभरबाट १९०३ जना प्रतिनिधि छनोट भइसकेका छन्। बाँकी ९६ जना अर्थात् पाँच प्रतिशत प्रतिनिधि मनोनयन स्थायी कमिटीले गर्नेछ।

प्रकाशित: Nov 22, 2021| 15:15 सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...