काठमाडौं- नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि गठित आर्थिक समितिमा १३ जना सदस्य मनोनयन गरिएको छ।
सूचना तथा सञ्चारमन्त्री समेत रहेका आर्थिक समितिका संयोजक ज्ञानेन्द्रबहादुर कार्कीले १० जना सदस्य र तीन जना सल्लाहकार नियुक्त गरेका हुन्।
समितिमा प्रधानमन्त्री कार्यालय हेर्ने गरी राज्यमन्त्रीमा नियुक्त भएका उमेश श्रेष्ठ पनि थपिएका छन्। यसअघि उनी स्वास्थ्य राज्यमन्त्री थिए।
समितिको सदस्यहरूमा दीपक खड्का, जीप छिरिङ लामा, मोहन आचार्य, इन्द्र बाँनिया, अनिल रुँगटा, महेश जाजु, वीरेन्द्र कनौडिया, रामकृष्ण भट्टराई र दयाराम पाण्डे पनि सदस्य छन्।
समितिको सल्लाहकारहरुमा दीपकुमार उपाध्याय, दिव्यमणि राजभण्डारी र पाल्तेन गुरुङ छन्। यस्तै नेपालका एक मात्र अर्बपति विनोद चौधरीसमेत सल्लाहकार बनेका छन्।