शुक्रबार, भदौ ५, २०८३

यथास्थितिमा एमसीसी पास गर्न सकिँदैन : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा एमसीसी परियोजना स्वीकार गर्न नसकिने बताएका छन्।
 |  शनिबार, कात्तिक २०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २०, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा एमसीसी परियोजना स्वीकार गर्न नसकिने बताएका छन्।

श्रेष्ठले सामाजिक सञ्‍जाल ट्‍वीटरमार्फत उक्त कुरा जनाएका हुन्। 'नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान एवं राष्ट्रिय हित विपरितका प्रावधानहरू नसच्याई यथास्थितिमा एमसीसी परियोजना नेपालले स्वीकार सक्दैन र संसदबाट पारित गर्न सकिन्न,' उनले लेखेका छन्।

उनले यही नै नेकपा (माओबादी केन्द्र)को आधिकारिक निर्णय र धारणा भएको बताएका छन्। त्यसैले कसैलाई कुनै भ्रममा नपर्न उनको आग्रह छ।

प्रकाशित: Nov 06, 2021| 10:14 शनिबार, कात्तिक २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...