शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेकपा (एस) विदेश विभाग प्रमुखमा झलनाथ खनाल, कुन विभागमा को छन् सदस्य?

नेकपा (एस) विदेश विभाग प्रमुखमा झलनाथ खनाल, कुन विभागमा को छन् सदस्य?

नेकपा(एकीकृत समाजवादी)को विदेश विभाग प्रमुखमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चयन भएका छन्।
 |  बिहीबार, कात्तिक १८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १८, २०७८

काठमाडौं- नेकपा(एकीकृत समाजवादी)को विदेश विभाग प्रमुखमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चयन भएका छन्। पार्टीका उपमहासचिव गङ्गालाल तुलाधरका अनुसार ११ सदस्यीय विदेश विभाग गठन गरिएको हो। विभागको उपप्रमुखमा प्रमेश हमाललाई जिम्मा दिइएको छ। 

यस्तै सदस्यहरुमा डा विजय पौडेल, मञ्जु यादव, मिलन तुलाधर, वाइपी सङ्ग्रौला, शङ्कर खतिवडा, मेटमणि चौधरी, लक्ष्मण पौडेल, सावित्रा भुसाल, श्रीनाथ बराल, शेरबहादुर कुँवर र हंशबहादुर शाही छन्।

डा वेदुराम भुसाल सङ्गठन विभाग प्रमुख बनेका छन्। विभागको उपप्रमुखमा प्रकाश ज्वाला छन्। यस्तै, सदस्यमा अशोक कोइराला, बलदेव चौधरी सदस्य छन्।

शिक्षा विभागको प्रमुखमा गङ्गालाल तुलाधर र लक्ष्मण केसी उपप्रमुख चयन भए। सदस्यहरुमा कमला तुलाधर, डा चन्द्र ढकाल, डा उद्धव पोखरेल, गुणाखर गैर र सरोज खतिवडा छन्।

पार्टीले विपद् व्यवस्थापन विभाग पनि गठन गरेको छ। विभागमा नेता तुलाधर नै प्रमुख चयन भएका छन्। सूर्यबहादुर थापा, आयाम पाण्डे, डा राजु थापा र विष्णु तिमिल्सना सदस्य छन्। 

गोविन्द कोइराला प्रमुख रहेको सहकारी विभागको उपप्रमुखमा टेकप्रसाद चौलागाईं छन्। सदस्यहरुमा नवराज अर्याल, माधवप्रसाद जिसी, ओमप्रताप राणा, देवराज न्यौपाने र किरण मोक्तान चयन भए।

बुधबार सम्पन्न केन्द्रीय सचिवालयको बैठकबारे जानकारी दिँदै नेकपा(एस)ले वर्तमान सरकारका कामलाई अझै प्रभावकारी बनाउन गठबन्धनमा छलफल गर्ने निर्णय गरेको छ।

पार्टीबाट सरकारमा पठाइएका मन्त्री तथा मुख्यमन्त्रीले पार्टीको नीति र निर्देशन अनुसार प्रभावकारी काम गर्ने, मन्त्री तथा मुख्यमन्त्रीको सल्लाहकारको नियुक्ति गर्दा राजकीय मामिला विभागको सिफारिसका आधारमा केन्द्रीय सचिवालयले निर्णय गरेर मात्रै गर्नुुपर्नेमा जोड दिइएको छ। 

पार्टीमा आउन चाहिरहेका विभिन्न राजनीतिक समूह र व्यक्तिसँग वार्ता गर्न महासचिव डा वेदुराम भुसालको संयोजकत्वमा उपमहासचिव डा तुलाधर र डा विजयकुमार पौडेल सदस्य रहेको वार्ता टोली गठन गरिएको छ।

यही कात्तिक २७ र २८ गते काठमाडौँमा केन्द्रीय कमिटीको दोस्रो बैठक बोलाइएको छ। पार्टीले आकर्षक नारा लेखिएका लाखौँ स्टिकर छापी जनतामा वितरण गरेर पार्टीको प्रचार गर्ने निर्णयसमेत बैठकले गरेको छ। 

प्रकाशित: Nov 04, 2021| 18:59 बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...