बुधबार, चैत ८, २०७९
  • गृहपृष्ठ
  • प्रविधि
  • हाम्रो पात्रोबाट अब विशेषज्ञ डाक्टरसँग अनलाइन परामर्श गर्न सकिने

हाम्रो पात्रोबाट अब विशेषज्ञ डाक्टरसँग अनलाइन परामर्श गर्न सकिने

अनलाइनबाटै विशेषज्ञ डाक्टरसँग परामर्श गर्नका लागि हाम्रो पात्रो एपले ‘हाम्रो हेल्थ’ फिचरको रुपमा ‘टेलि मेडिसिन’ सेवा सुरु गरेको छ। सोमबारदेखि परीक्षणको रुपमा यो सेवा सुरु गरिएको हाम्रो पात्रोले जनाएको छ।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

काठमाडौं- अनलाइनबाटै विशेषज्ञ डाक्टरसँग परामर्श गर्नका लागि हाम्रो पात्रो एपले ‘हाम्रो हेल्थ’ फिचरको रुपमा ‘टेलि मेडिसिन’ सेवा सुरु गरेको छ। सोमबारदेखि परीक्षणको रुपमा यो सेवा सुरु गरिएको हाम्रो पात्रोले जनाएको छ।

National life insurance

कम्पनीका अनुसार तत्कालका लागि एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध भएको यो सेवा अबको दुई महिनामा आईओएस प्रयोगकर्ताले समेत उपयोग गर्न सकिने छ।

सुविधा सम्पन्‍न स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका बिरामीलाई लक्षित गरी ल्याइएको यो सेवामार्फत विभिन्‍न रोगका विशेषज्ञ डाक्टरसँग भिडिओ कलमार्फत परामर्श लिन सकिने छ।

‘ओपन प्लेटफर्म’ (खुला माध्यम) को रुपमा रहने यो सेवामा नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डाक्टरहरू स्वेच्छिक रुपमा जोडिन सक्ने बताइएको छ।

परामर्श सेवाका लागि टिकेट लिइसकेपछि बिरामीहरूले सम्बन्धित विशेषज्ञ डाक्टरलाई सोझै भीडीओ कल गर्न सक्नेछन्। अनलाइनबाटै टिकट लिन सकिने व्यवस्था मिलाइएको हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले जानकारी दिए। हाललाई टिकेट शुल्क ५०० रुपैयाँ तोकिएको छ।

worldlink


प्रकाशित: Nov 01, 2021| 07:09. 04 सोमबार, कात्तिक १५, २०७८

थप समाचार

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...

जसले मानिसको जागिर खोसिदिन सक्छ र गुगललाई बर्बाद गरिदिन सक्छ

जिमेलका संस्थापक पलले पनि केही समयअघि च्याटजिपीटीले गुगललाई दुई वर्षमा बर्बाद गर्न सक्ने बताएका थिए।

जब भोलिपल्ट प्रदर्शन गर्नुपर्ने रोबोटमा धुवाँ पुतपुताउन थाल्यो

कामै नलाग्ने अवस्थामा पुगेको रोबोटलाई मर्मत गरेर चलाएपछि एसियाली देशका उत्कृष्ट विश्वविद्यालय सम्मिलित प्रतियोगिता‘एबीयू रोबोकोन’मा तेस्रो पुरस्कार हात पार्न सफल नेपाली रोबोट निर्माणमा खटिएका विद्यार्थीहरूको...

रोबोकोन स्पर्धामा नेपाली रोबोटलाई तेस्रो स्थान

तेस्रो चरणमा हङकङसँग हार बेहोरेपछि नेपालले तृतीय स्थान पाएको हो।

नेपाली रोबोटको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाः पुलचोकमा लघोरी खेल्दै इलिया र भिक्ट्री

सन् २००१ बाट सुरु भएको प्रतियोगितामा नेपाल पहिलो संस्करणबाटै सहभागी बन्दै आइरहेको छ। यस दौरान नेपालले बेस्ट इन्जिनियरिङ अवार्डलगायत पनि पाइसकेको छ।