शनिबार, चैत ७, २०८२
  • गृहपृष्ठ
  • प्रविधि
  • हाम्रो पात्रोबाट अब विशेषज्ञ डाक्टरसँग अनलाइन परामर्श गर्न सकिने

हाम्रो पात्रोबाट अब विशेषज्ञ डाक्टरसँग अनलाइन परामर्श गर्न सकिने

अनलाइनबाटै विशेषज्ञ डाक्टरसँग परामर्श गर्नका लागि हाम्रो पात्रो एपले ‘हाम्रो हेल्थ’ फिचरको रुपमा ‘टेलि मेडिसिन’ सेवा सुरु गरेको छ। सोमबारदेखि परीक्षणको रुपमा यो सेवा सुरु गरिएको हाम्रो पात्रोले जनाएको छ।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

काठमाडौं- अनलाइनबाटै विशेषज्ञ डाक्टरसँग परामर्श गर्नका लागि हाम्रो पात्रो एपले ‘हाम्रो हेल्थ’ फिचरको रुपमा ‘टेलि मेडिसिन’ सेवा सुरु गरेको छ। सोमबारदेखि परीक्षणको रुपमा यो सेवा सुरु गरिएको हाम्रो पात्रोले जनाएको छ।

National life

कम्पनीका अनुसार तत्कालका लागि एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध भएको यो सेवा अबको दुई महिनामा आईओएस प्रयोगकर्ताले समेत उपयोग गर्न सकिने छ।

सुविधा सम्पन्‍न स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका बिरामीलाई लक्षित गरी ल्याइएको यो सेवामार्फत विभिन्‍न रोगका विशेषज्ञ डाक्टरसँग भिडिओ कलमार्फत परामर्श लिन सकिने छ।

‘ओपन प्लेटफर्म’ (खुला माध्यम) को रुपमा रहने यो सेवामा नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डाक्टरहरू स्वेच्छिक रुपमा जोडिन सक्ने बताइएको छ।

परामर्श सेवाका लागि टिकेट लिइसकेपछि बिरामीहरूले सम्बन्धित विशेषज्ञ डाक्टरलाई सोझै भीडीओ कल गर्न सक्नेछन्। अनलाइनबाटै टिकट लिन सकिने व्यवस्था मिलाइएको हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले जानकारी दिए। हाललाई टिकेट शुल्क ५०० रुपैयाँ तोकिएको छ।

Laxmi sunrise bank
kumari


प्रकाशित: Nov 01, 2021| 19:09 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...