सोमबार, वैशाख २४, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • एमबीबीएस पढ्दै गरेका विद्यार्थी सेनाको मेडिकल कलेजबाट ५७ दिनदेखि बेपत्ता

एमबीबीएस पढ्दै गरेका विद्यार्थी सेनाको मेडिकल कलेजबाट ५७ दिनदेखि बेपत्ता

बेपत्ता भएको खबर पाएयता छोरा खोजिदिन बुबा दानबहादुर प्रहरीदेखि सेनाको शरणसम्म पुगिसकेका छन्। प्रधानसेनापतिसम्मलाई उनले निवेदन दिएका छन्। तर, अहिलेसम्म कुनै ‘क्लु’ मिल्न सकेको छैन।
 |  बिहीबार, कात्तिक ११, २०७८

अनिल यादव

अनिल यादव

बिहीबार, कात्तिक ११, २०७८

काठमाडौं– नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत एक विद्यार्थी ५७ दिनदेखि बेपत्ता रहेको पाइएको छ। भूतपूर्व सैनिक दानबहादुर शाहीका छोरा राजेश शाही मेडिकल कलेजको होस्टेलबाटै बेपत्ता भएका हुन्। अहिलेसम्म यो सूचना सेना र प्रहरीले गुपचुप नै राखेको थियो। 

triton college

दैलेखस्थित गुराँस गाउँपालिका घर भएका राजेश काठमाडौंको भण्डारखाल सानो  भर्याङमा रहेको सैनिक मेडिकल कलेजमा एमबीबीएस चौथो सेमेस्टरमा अध्ययन गरिरहेका थिए। बुबा दानबहादुरका अनुसार २५ वर्षिय राजेश भदौ १७ गतेदेखि नै होस्टेलबाट बेपत्ता भए पनि आफूलाई त्यसको पाँच दिनपछि मात्रै छोरा हराएको खबर आयो। 

बेपत्ता भएको खबर पाएयता छोरा खोजिदिन बुबा दानबहादुर प्रहरीदेखि सेनाको शरणसम्म पुगिसकेका छन्। प्रधानसेनापतिसम्मलाई उनले निवेदन दिएका छन्। तर, अहिलेसम्म कुनै ‘क्लु’ मिल्न सकेको छैन। 

होस्टेलका वार्डेनदेखि प्रशासनसम्मको लापरवाहीका कारण छोरा बेपत्ता भएको भन्दै आवश्यक छानविन र अनुसन्धान गरिदिन पीडित परिवारले प्रहरीदेखि सेनासम्म निवेदन दिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले आफूहरु राजेशको खोजीमा जुटरहे पनि कुनै संकेत भेट्न नसकेको बताए।

बेपत्ता भएको खबर पाएयता छोरा खोजिदिन बुबा दानबहादुर प्रहरीदेखि सेनाको शरणसम्म पुगिसकेका छन्। प्रधानसेनापतिसम्मलाई उनले निवेदन दिएका छन्। तर, अहिलेसम्म कुनै ‘क्लु’ मिल्न सकेको छैन। 

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले प्रहरीसँगको समन्वयमा राजेशको खोजी भइरहेको बताए। ‘चौथो सेमेस्टरको जाँच दिएर होस्टेलबाट बाहिर निस्केका राजेश फिर्ता नआएपछि हामीले खोजखबर गरेका थियौं। केही पत्ता नलागेपछि प्रहरीलाई जानकारी गरायौं। अहिले प्रहरीले खोजबिन गरिरहेको छ। हामी पनि प्रहरी र परिवारसँगको समन्वयमै छौं,’ प्रवक्ता पौडेलले भने। 

corrent noodles
Metro Mart

सैनिक स्रोतका अनुसार राजेश बिहान सात बजेतिरको समयमा होस्टेलबाट बाहिर निस्किएको सिसिटिभी फुटेजमा देखिएको छ, तर फुटेजमा राजेश प्रस्ट रुपमा चिनिएका छैनन्। 

सेनाको मेडिकल कलेजबाटै विद्यार्थी बेपत्ता भएको ५७ दिन भइसक्दा पनि केही पत्ता नलाग्दा प्रहरी र सेनाको अनुसन्धानमै शंका उत्पन्न भएको छ। ‘छोराको खोजीमा गाउँबाट सहर धाएको महिनौँ भइसक्यो तर अहिलेसम्म केही अत्तोपत्तो छैन। सेना–प्रहरी सबैले खोजिरहेको भन्नुहुन्छ तर केही जानकारी आएको छैन। छोरो डाक्टर बन्छु भन्थ्यो, कहाँ गयो होला, के गर्दै होला थाहा छैन,’ बुबा दानबहादुरले भक्कानिँदै छोरा खोजिदिन सबैसँग आग्रह गरिरहेका छन्।

प्रकाशित: Oct 28, 2021| 16:55 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्