इलाम– श्रीअन्तु डाँडा इलामको सूर्योदय नगरपालिका ५ मा पर्छ। फिक्कल बजारबाट १३ किलोमिटर टाढा पर्ने यो सुन्दर डाँडो सूर्योदयको दृश्यका लागि चर्चित छ।
स–साना चिया बगान, बगानभित्रका कटेज, लहरै धुपीसल्लाका रुख अनि सूर्योदय र सूर्यास्तका दृश्यले जोसकुैलाई पनि लोभ्याउँछ। कोभिड–१९ महामारीका कारण सुनसानजस्तै बनेको श्रीअन्तुमा अचेल चहलपहल बढेको छ।