मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कर्णाली राजमार्ग तीन दिनदेखि अवरुद्ध

तीन दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको छ। वर्षापछि आएको बाढीपहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो।
 |  बिहीबार, कात्तिक ४, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ४, २०७८

सुर्खेत– तीन दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको छ। वर्षापछि आएको बाढीपहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो। दैलेख, जुम्ला र कालीकोट खण्डमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ। दैलेखमा मटीयाखोला, कालीकोटको शेरीघाट र जुम्लाको भूगोलपाटामा गएको पहिरोका कारण सडक अबरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

triton college

प्रहरीका अनुसार दैलेखका गुराँस गाउँपालिका–२ मटीयाखोलामा सुख्खा पहिरो गएको छ। त्यहाँको सडक डिभिजन कार्यालय सुर्खेतको जेसीबीसहितको टोली, प्रहरी चौकी तल्लोंगेश्वर र स्थानीयले पहिरो पन्छाउने प्रयास गरिरहेका छन्।

त्यस्तै कालीकोट खाँडाचक्र नगरपालिका–२ शेरीघाट र पिलीमा पनि पहिरो गएको छ। पिलीमा आइतबार गएको पहिरो अझै पन्छाउन सकिएको छैन। शेरीघाटमा बिहीबार बहानै पहिरो गएको हो। शेरीघाट र पिलीमा गएको पहिरोका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। पहिरो पन्छाउन सडक डिभिजन कार्यालय जुम्लाले जेसीबीसहितको टोली र कालीकोटबाट अस्थायी प्रहरी पोस्ट हुल्मको टोली खटिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवत्ता माधव श्रेष्ठले जनाए।

राजमार्ग अवरुद्ध हुँदा सुर्खेत भएर कालीकोट, जुम्ला र मुगु आउजाउ गर्ने यात्रु मर्कामा परेका छन्। वर्षा रोकिएका कारण बिहीबार साँझसम्म कर्णाली राजमार्ग र मुगु–नाग्मा सडक खण्ड पूर्ण रुपमा खुल्ने प्रहरीले जनाएको छ।

त्यस्तै मुगु–नाग्मा सडक खण्ड पनि पूर्ण रुपमा अवरुद्ध छ। जुम्लाको हिमा गाउँपालिका–५ भूगोलपाटा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। त्यहाँ जुम्लाबाट अस्थायी प्रहरी पोस्ट जुगार्डको प्रहरी टोली र गाउँपालिकाको जेसीबीको टोलीले पहिरो पन्छाउने प्रयास गरिरहेका छन्। राजमार्ग अवरुद्ध हुँदा सुर्खेत भएर कालीकोट, जुम्ला र मुगु आउजाउ गर्ने यात्रु मर्कामा परेका छन्। वर्षा रोकिएका कारण बिहीबार साँझसम्म कर्णाली राजमार्ग र मुगु–नाग्मा सडक खण्ड पूर्ण रुपमा खुल्ने प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 21, 2021| 16:49 बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।