सुर्खेत- मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।
दुर्घटनामा घाइते भएका छाँयानाथ रारा नगरपालिका १४ का २७ वर्षीय दन्त बुढाको मृत्यु भएसँगै मृतकको संख्या ३३ पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठले जनाए । उनको मंगलबार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
असोज २६ गते भएको बस दुर्घटनामा यसअघि नै ३२ जनाको मृत्यु भएको छ । ३२ मध्ये २४ जनाको घटनास्थलमै, चार जनाको उद्दारका क्रममा र चार जनाको उपचारका क्रममा बाँकेमा मृत्यु भएको थियो । नेपालगञ्जबाट मुगु छुटेको भे १ ख ३१६७ नम्बरको बस छाँयानाथ रारा नगरपालिका ७ पिनाटपने खोलामा दुर्घटना भएको थियो ।