बिहीबार, असार ४, २०८३

खोकनामा मनाइयो सिकाली पर्व [१४ तस्बिरमा]

सिकाली पर्वमा विभिन्न १४ देवीदेवताको पूजाआजाका साथै परम्परागत नाच प्रदर्शन गर्ने चलन छ।
 |  मंगलबार, असोज २६, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

मंगलबार, असोज २६, २०७८

काठमाडौं– ललितपुरको खोकनाका बासिन्दाले प्रत्येक वर्ष  ‘सिकाली पर्व’ मनाउँदै आएका छन्। सिकाली पर्वमा विभिन्न १४ देवीदेवताको पूजाआजाका साथै परम्परागत नाच प्रदर्शन गर्ने चलन छ। दसैैं अवधिभर मनाइने यो जात्रामा आफन्त तथा साथीभाइलाई बोलाएर खुवाउने, नाचगान तथा जात्रा देखाइन्छ। 

National life

खोकनावासीका लागि इष्ट देवताका रूपमा मानिने रुद्रायणी भवानी देवी जात्रा महोत्सव अन्य समुदायका लागि दसैंजस्तै महत्त्वपूर्ण छ। जात्रा गत वर्ष कोरोना महामारीका बेला पनि रोकिएको थिएन।  जात्राको सुरुवात आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) देखि हुन्छ भने घटस्थापनाको पर्सिपल्ट (आश्विन शुक्ल तृतीया तिथि)को दिनमा रुद्रायणी विद्यालयअघि राँगाको बलि दिएर जात्रा गर्ने गरिन्छ।

हरेक दिन नुहाउने र एक छाक मात्रै खाना खाएका कुमार केटाहरूले दुई दिनसम्म गाउँ परिक्रमा गरेर पूजा सामग्री संकलन गर्छन्। त्यही पूजा सामग्रीबाट तृतीयाको दिन सिकाली चौरमा गएर पूजा गर्ने चलन छ।

पञ्चमीको दिन मूल जात्रा रूपमा खट जात्रा गरिन्छ। षष्ठीका दिन रुद्रायणी गुठियार सिकाली चौरमा मुकुट, कलेवर पोसाक, गरगहना लगाएर देवगणको भेषमा धार्मिक मान्यताअनुसार अश्वमेघ यज्ञमा सहभागी हुने चलन छ। सप्तमीका दिन खोकना तल्लो लाछी टोलको डबलीमा नाच देखाउने प्रचलन छ। उक्त नाचलाई महालक्ष्मीले महिषासुरलाई वध गरी खुसियाली मनाएको नाच (लसता प्याँख) का रूपमा लिइन्छ।


Shivam cement



 

प्रकाशित: Oct 12, 2021| 13:24 मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।