सोमबार, फागुन १८, २०८२

हुम्लाको सिमकोटमा एक महिनादेखि टेलिफोन अवरुद्ध

दसैँ, तिहार जस्तो समयमा पनि टेलिकमले टावर नबनाउँदा हजारौं सेवाग्राही सञ्चार सुविधाबाट वञ्‍चित भएका छन्।
 |  सोमबार, असोज २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज २५, २०७८

सिमकोट- हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–३ स्थित नेपाल टेलिकमको टावर एक महिनादेखि बिग्रिएका कारण टेलिफोन सेवा अवरुद्ध भएको छ। दसैँ, तिहार जस्तो समयमा पनि टेलिकमले टावर नबनाउँदा हजारौं सेवाग्राही सञ्चार सुविधाबाट वञ्‍चित भएका छन्। 

सिमकोट गाउँपालिका वडा नम्बर १ देखि ३ र खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ को ताक्ला, बाम्टा र कुम्लिक गाउँका सेवाग्राहीमा सञ्चार सुविधाबाट बन्चित भएका हुन्।

२ देखि २२ भदौसम्म हेल्दुङ साना जलविद्युत् आयोजनाबाट वितरित विद्युत् सेवा अवरुद्ध भएकाले वडा नम्बर ३ बरगाउँमा रहेको टावरले काम गर्न छाडेको स्थानीय हेमन्त बोहराले बताए।

बरगाउँमा रहेको टावरमा विद्युत् जोडिएका कारण विद्युत् आएमा टावर चल्ने नत्र काम नगर्ने स्थानीयको भनाइ छ। उनीहरूले सो टावरमा विद्युत् जडानको भर गर्नुभन्दा सौर्य उर्जा जोडेर टावर सञ्चालनमा ल्याउन सरोकार निकायलाई अनुरोध समेत गरेका छन्।

अहिले जिल्लामा सेवाग्राही सञ्चार सुविधाबाट बञ्चित नहुन भनेर जेनेरेटर चलाएर केही सेवा उपलब्ध गराउँदै आएको टेलिकमले जनाएको छ।

kumari

 

प्रकाशित: Oct 11, 2021| 20:30 सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।