बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • नाकमा मकैको दाना अड्केकी बालिकाको उपचारको क्रममा मृत्यु, डाक्टरलाई कारबाहीको माग

नाकमा मकैको दाना अड्केकी बालिकाको उपचारको क्रममा मृत्यु, डाक्टरलाई कारबाहीको माग

जिल्लाको नारायण नगरपालिका-४ कि साढे दुई वर्षकी बालिका कुसुम कटुवालको नाकमा मकैको दाना अड्केर उपचारको क्रममा मृत्यु भएपछि आफन्तले कर्णाली प्रदेश अस्पतालमा आन्दोलन गरिरहेका छन्।
 |  शनिबार, असोज २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २३, २०७८

दैलेख- जिल्लाको नारायण नगरपालिका-४ कि साढे दुई वर्षकी बालिका कुसुम कटुवालको नाकमा मकैको दाना अड्केर उपचारको क्रममा मृत्यु भएपछि आफन्तले कर्णाली प्रदेश अस्पतालमा आन्दोलन गरिरहेका छन्।

triton college

चार दिनअघि नाकमा मकैको दाना अड्केकी नारायण नगरपालिका–४ सोतकी साढे दुई वर्षीय बालिका कुसुम कटुवाललाई दैलेख अस्पताल हुँदै सुर्खेत पुर्‍याइएको थियो। बालिकाको उपचारकै क्रममा आज विहान मृत्यु भएपछि आफन्तले डाक्टरको लापरवाहीले घटना भएको भन्दै अस्पताल परिसरमा प्रदर्शन गरेका हुन्। 

‘दैलेखका डाक्टरले दैलेखमै अप्रेशन गर्नुभन्दा सुर्खेत लैजान सुझाएपछि सुर्खेत ल्याएका हौं,’ बालिकाकी आमा पूजा कटुवालले भनिन्, ‘स्वास्थ्यमा अन्य कुनै समस्या नभएकी छोरीको डाक्टरकै लापरवाहीले मृत्यु भएको हो।’ लापरवाही गर्ने डाक्टरलाई कारवाहीको माग राख्दै अस्पतालमा आन्दोलन गरिरहेको आफन्तले बताएका छन्।

यता, प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले डाक्टरको लापरवाहीले बालिकाको मृत्यु नभएको बताए। ‘हामी कुनै पनि विरामीलाई बचाउने हरसम्भव प्रयासरत हुन्छौं, बालिकाको हकमा पनि बेहोस बनाएर मकैको दाना निकाल्ने अप्रेशन गरिरहेका थियौं,’ खड्काले भने, ‘अप्रेशनका क्रममा एक्कासी बालिकाको अक्सिजन लेभल घट्दै गएपछि उनलाई बचाउन सकिएन।’

अस्पताल परिवार घटनाप्रति दुखी भएको बताउँदै खड्काले अस्पतालको भौतिक सम्पत्तिमा क्षति पुर्‍याउनु राम्रो पक्ष नभएको बताए। ‘घटना नहुनु थियो, भइसक्यो, अब सम्वादबाट अघि बढ्ने प्रयास गरिरहेका छौं,' खड्काले भने, ‘आफन्तहरुबाट कुनै व्यक्ति संवाद गर्न नचाहेकाले समस्या सिर्जना भएको छ।’ - न्युज कारखाना

corrent noodles
Metro Mart

प्रकाशित: Oct 09, 2021| 19:48 शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।