मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

जीपको ठक्करबाट सल्यानमा दुई विद्यार्थीको मृत्यु

सल्यानमा जीपको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा शारदा नगरपालिका–६ बरलाकी १८ वर्षीया रेखा बुढाथोकी र १८ वर्षीया सुनिता नेपाली छन्।
 |  शुक्रबार, असोज १५, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १५, २०७८

सुर्खेत– सल्यानमा जीपको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा शारदा नगरपालिका–६ बरलाकी १८ वर्षीया रेखा बुढाथोकी र १८ वर्षीया सुनिता नेपाली छन्।

triton college

दुबै जना शिवजन माध्यमिक विद्यालय शितलपाटीमा अध्ययनरत छात्राहरु हुन्। जीपको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ।

दुर्घटनामा सोही विद्यालयका अन्दाजी १८ वर्षीया मिना परियार, १६ वर्षीया सुशीला नेपाली र १८ वर्षीया दिपा बुढाथोकी गम्भीर घाइते भएका छन्। उनीहरुलाई थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ। सल्यान प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुन पौडेलका अनुसार आज शुक्रबार बिहान दश बजेतिर विद्यालय जाँदै गरेका छात्राहरुलाई जीपले ठक्कर दिएको थियो।

बागचौरदेखि खलंगा जाँदै गरेको लु २ च ५७०१ नम्बरको जीपले शारदा नगरपालिका–२ बाङ्गेसल्लामा विश्राम गरिरहेका विद्यार्थीलाई ठक्कर दिएको थियो। विद्यार्थीलाई ठक्कर दिएको जीप सडकबाट १० मिटर तल खसेको छ। चालक र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसैबीच स्थानीयले दोषीलाई कारबाही  र क्षतिपूर्तिको माग गर्दै राप्ती राजमार्ग अवरुद्ध गराएका छन्।

प्रकाशित: Oct 01, 2021| 16:19 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।