बुधबार, चैत ८, २०७९
  • गृहपृष्ठ
  • प्रविधि
  • फोन सम्पर्क स्थापित गर्न स्मार्ट टेलिकम सबैभन्दा कमजोर, एनसेल र एनटीसी पनि सुस्त

फोन सम्पर्क स्थापित गर्न स्मार्ट टेलिकम सबैभन्दा कमजोर, एनसेल र एनटीसी पनि सुस्त

अध्ययन गरिएका तीनवटै नेटवर्कमा सबै भन्दा कमजोर स्मार्ट टेलिकम रहेको प्रतिवेदनले देखाउँछ। 
 |  आइतबार, साउन १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १०, २०७८

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायकहरुलाई एकबाट अर्कोमा फोन गर्दा सम्पर्क स्थापनाका लागि निश्चित अवधि तोकेको छ।

National life insurance

सेवा प्रदायकमा आफ्नै नेटवर्कभित्र कल गर्दा कल स्थापना हुने समय प्राधिकरणले बढीमा ५ सेकेण्ड हुनुपर्ने भनेको छ। तर, तोकिएअनुसार ५ सेकेण्डभित्र कल स्थापना भने कुनै पनि नेटवर्कमा भएको पाइएको छैन।

प्राधिकरणले गत चैतदेखि जेठसम्म गरेको अध्ययनको नतिजाअनुसार नेपाल टेलिकमको कल स्थापना हुने समय ९.३४ सेकेण्ड लाग्ने गरेको छ। त्यस्तै एनसेलको ५.२७ सेकेण्ड समय र स्मार्ट टेलिकमको १०.२७ सेकेण्ड समय लाग्ने गरेको प्राधिकरणको अध्ययनबाट खुलेको छ। अध्ययन गरिएका तीनवटै नेटवर्कमा सबै भन्दा कमजोर स्मार्ट टेलिकम रहेको प्रतिवेदनले देखाउँछ। 

त्यस्तै प्राधिकरणले कल सफलताको दर कम्तीमा ९९ प्रतिशत हुनुपर्ने लक्ष्य निर्धारण गरेको छ। कल सफलता दर नेपाल टेलिकमको ९०.५१  प्रतिशत, एनसेलको ९४.४३ प्रतिशत र स्मार्ट टेलिकमको ८४.४७ प्रतिशत रहेको अध्ययनबाट खुलेको हो। कल सफलताको दर पनि स्मार्ट टेलिकमको सबैभन्दा कमजोर देखिएको छ।

प्राधिकरणले करिब ३ महिनाको समयमा ड्राइभ टेष्ट विधिबाट फोन कल परीक्षण गरिएको जानकारी दिएको छ। उक्त विधिअन्तर्गत चलायमान सवारी साधनमा परीक्षण उपकरण जडान गरी फोन कल र डाटा प्रयोग गरी नेटवर्कको मुख्य सेवा मानकहरुको तथ्यांक संकलन गरेर अध्ययन गरिएको प्राधिकरणले जानकारी दिएको छ।

worldlink

प्राधिकरणले काठमाडौंका कमलादी, त्रिपुरेश्वर, कालीमाटी, कलंकी, क्षेत्रपाटीलगायतका २० स्थानमा, ललितपुरका ६ स्थानमा र भक्तपुरका ५ भन्दा बढी स्थानमा परीक्षण गरिएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ।

हरेक सेवा प्रदायकको कुनै एक स्थानमा उपलब्ध नेटवर्कहरुमध्ये सर्वाधिक अनुकल  नेटवर्क स्वचालित रुपमा छनौट गरी उपकरणमा जडान गरिएको थियो।

प्राधिकरणले अध्ययन मिति र छनोट गरिएका स्थानहरुमा उक्त नतिजा देखिए पनि अन्य स्थानहरुमा उपलब्ध मोबाइल नेटवर्कहरुको अवस्था फरक हुन सक्ने टिप्पणी गरेको छ।

प्रकाशित: Jul 25, 2021| 12:44. 00 आइतबार, साउन १०, २०७८

थप समाचार

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...

जसले मानिसको जागिर खोसिदिन सक्छ र गुगललाई बर्बाद गरिदिन सक्छ

जिमेलका संस्थापक पलले पनि केही समयअघि च्याटजिपीटीले गुगललाई दुई वर्षमा बर्बाद गर्न सक्ने बताएका थिए।

जब भोलिपल्ट प्रदर्शन गर्नुपर्ने रोबोटमा धुवाँ पुतपुताउन थाल्यो

कामै नलाग्ने अवस्थामा पुगेको रोबोटलाई मर्मत गरेर चलाएपछि एसियाली देशका उत्कृष्ट विश्वविद्यालय सम्मिलित प्रतियोगिता‘एबीयू रोबोकोन’मा तेस्रो पुरस्कार हात पार्न सफल नेपाली रोबोट निर्माणमा खटिएका विद्यार्थीहरूको...

रोबोकोन स्पर्धामा नेपाली रोबोटलाई तेस्रो स्थान

तेस्रो चरणमा हङकङसँग हार बेहोरेपछि नेपालले तृतीय स्थान पाएको हो।

नेपाली रोबोटको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाः पुलचोकमा लघोरी खेल्दै इलिया र भिक्ट्री

सन् २००१ बाट सुरु भएको प्रतियोगितामा नेपाल पहिलो संस्करणबाटै सहभागी बन्दै आइरहेको छ। यस दौरान नेपालले बेस्ट इन्जिनियरिङ अवार्डलगायत पनि पाइसकेको छ।