काठमाडौं– बिहीबार विश्वका कैयौं देशमा अचानक इन्टरनेट बन्द भएको छ।
इन्टरनेट डाउन हुँदा अमेजन, पेटिएम, डिज्नी, हटस्टार, यूपीएसलगायत कैयौं विश्व चर्चित एपको सेवामा बाधा पुगेको छ। डीएनएस सेवा प्रदायक अकामाइको डीएनएस सेवामा प्राविधिक गडबडी आएका कारण यस्तो भएको बीबीसीले जनाएको छ।
इन्टरनेट डाउन भएको बारे निगरानी गर्ने प्लेटफार्म डाउन डिटेक्टरका अनुसार दर्जनौं मोबाइल एप तथा वेबसाइट नचलेको सिकायत आएको छ। पछिल्लो दुई महिना दोस्रो पटक विश्वभर इन्टरनेट डाउन भएको हो।