काठमाडौं– युरोकपको पछिल्लो संस्करणको फाइनलमा भिडेका टिम फ्रान्स र पोर्चुगल आज राति समूह चरणमै भिड्दैछन्। समूह एफअन्तर्गत राति पौने १ बजे सुरु हुने खेलमा पोर्चुगलले २०१८ को विश्वकप विजेता फ्रान्ससँग पहिलो पटक समूह चरणमा भिड्न लागेको हो।
युरोको साविक विजेता पोर्चुगलले फ्रान्सविरुद्धका पछिल्ला १३ खेलमा एकमात्र जित निकालको छ। जहाँ एक खेल बराबरी भएको छ भने ११ खेलमा फ्रान्सले जित निकालेको छ।
पोर्चुगलले पछिल्लो युरो कपइनलमा फ्रान्सलाई हराएर इतिहास बनाएको थियो। त्यसको बदला लिने मौका आज फ्रान्सलाई छ भने फ्रान्सरिुद्ध लगातार जित निकाल्ने अवसर पोर्चुगललाई छ।
विश्वकप र युरोकपजस्ता ठूला प्रतियोगितामा अहिले पोर्चुगल र फ्रान्स पाँचौं पटक भिड्न लागेका हुन्। ती सबैमध्ये समूह चरणमा चाहिँ उनीहरु पहिलोपटक भेट हुँदैछन्। त्यति मात्र होइन, ती ठूला प्रतियोगितामा उनीहरुबीचका चारै खेल फाइनलमा भएका थिए।
युरो १९८४, युरो २०००, विश्वकप २००६ को सेमिफाइनमा भेट भएका टोली पछिल्लो युरोकपको फाइनलमा भेट भए। जहाँ सुरुआती तीनमा फ्रान्स र पछिल्लो एक खेलमा पोर्चुगल विजयी भयो।
पछिल्ला खेलको तुलना गर्ने हो भने पोर्चुगल र फ्रान्सको खेल निकै प्रतिस्पर्धात्मक हुने गरेको छ। किनभने सबै प्रतियोगिताका पछिल्ला चार खेलमा तीन गोलमात्र भएका छन्। जहाँ फ्रान्सले दुई गोल गरेको छ भने पोर्चुगलले एक गोल गरेको छ।
यता फ्रान्स विश्वकप र युरोकपको समूह चरणका पछिल्ला ११ खेलमा अपराजित छ। सात जित निकालेको फ्रान्सले बाँकी खेलमा बराबरी खेलेको छ। तर सात खेलमा अपराजित रहेको पोर्चुगलले चाहिँ अघिल्लो खेलमा जर्मनीसँग ४–२ गोलको हार बेहोरेको थियो।
स्टार खेलाडीले भरिएको टिम हो फ्रान्स। फ्रान्सको टिममा केलियन एम्बाप्पे, करिम बेञ्जिमा, एन्टोनी ग्रिजम्यान, पाउल पोग्वा, एनगोलो कान्टे, ओलिभिए जिरुलगायतका विश्वप्रसिद्ध खेलाडी छन्।
हरेक खेलमा उनीहरुको उपस्थिति महत्वपूर्ण हुन्छ। यी खेलाडीलाई आजको खेलमा पनि ध्यानमा राखेर हेर्नु महत्वपूर्ण हुन्छ। पछिल्ला खेलहरुमा एम्बाप्पेले केही राम्रा मुभ बनाएर पोस्ट अटेम्प गरे पनि उनले गोल गर्न सकेका छैनन्।
यता पोर्चुगलको टिममा पनि कम स्टार छैनन्। तीमध्ये क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेस र पेपे सबैको ध्यानमा रहन्छन्। रोनाल्डोले त युरोकपमा तीन गोलसमेत गरिसकेका छन्।
पोर्चुगलको टिममा यसबाहेक डियागो जोटा पनि विपक्षीको मार्कमा पर्ने खलाडी हुन्।
यस्तो छ समूह एफको समीकरण
युरोकपको सबैभन्दा रोमाञ्चक खेल हुने समूह हो एफ। जहाँ पोर्चुगल र फ्रान्ससँगै जर्मनी र हंगेरी पनि छन्। यी चारै टिम निकै बलिया देखिएका छन्। तुलनात्मक रुपमा कमजोर देखिएको हंगेरीले पनि यसअघिको खेलमा बलियो मानिएको फ्रान्सलाई १–१ गोलको बराबरीमा रोक्न सकेको छ।
पछिल्लो खेलबाट चार अंक बनाएको फ्रान्स शीर्षस्थानमा छ भने समान ३–३ अंक भएका जर्मनी र पोर्चुगल दोस्रो र तेस्रो स्थानमा छन्।
एक अंक जोडेको हंगेरी भने तालिकाको पुछारमा छ। त्यसैले फ्रान्सले आजको खेलमा जितका अलावा बराबरी गर्न सक्यो भने पनि उसको अन्तिम १६ मा स्थान पक्का हुनेछ।
पोर्चुगलले जित निकाले उसले पनि अन्तिम १६ मा स्थान बनाउनेछ। यता सोही समूहको अर्को खेलमा जर्मनी र हंगेरी भिड्दै छन्। त्यसैले फ्रान्स–पोर्चुगलको विजेता बाहेक बाँकी तीनै टिमलाई अर्को खेलको नतिजाले प्रभाव पार्नेछ। अर्थात्, समूहको दोस्रो र तेस्रो तथा चौथो दुई खेलको संयोजनबाट तय हुनेछ।
समूह एफको पछिल्ला खेल
हंगेरी ३–० पोर्चुगल
फ्रान्स १–० जर्मनी
पोचुगल २–४ जर्मनी
हंगेरी १–१ फ्रान्स