बिहीबार, असार २५, २०८३

युरोकपमा आज समूह 'डी' का अन्तिम खेल हुँदै

जारी युरोकप अन्तर्गत आज मंगलबार राति समूह डी का दुई खेल हुँदैछन्। आजका दुवै खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ।
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

काठमाडौं– जारी युरोकप अन्तर्गत आज मंगलबार राति समूह डी का दुई खेल हुँदैछन्। आजका दुवै खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ।

स्कटल्यान्डको हाम्प्डेन पार्कमा हुने खेलमा क्रोएसियाले घरेलु टिमको सामना गर्नेछ। समूहमा यी दुई टिमको समान १–१ अंक छ। यद्यपि समूहको अर्को खेलका आधारमा यी दुईमध्ये जित निकाल्ने टिम दोस्रो स्थानमा पुगेर अन्तिम १६ मा जाने अवसर पाउन सक्नेछ।

त्यसैले क्रोएसिया स्कटल्यान्डलाई हराउँदै अन्तिम १६ मा पुग्न चाहन्छ। यता स्कटल्यान्डको लक्ष्य क्रोएसियालाई हराउने हुनेछ। त्यस्तै, इंग्ल्यान्डको वेम्बली रंगशालामा हुने खेलमा चाहिँ घरेलु टिमले चेक गणतन्त्रको सामना गर्नेछ। समूहमा यी दुवै टिमको समान ४–४ अंक छ।

आजको खेलमा जित निकाल्ने टिमले अन्तिम १६ मा प्रवेश पाउने छ। साथै खेल बराबरी भएको अवस्थामा भने यी दुवै टिम तालिकाको पहिलो र दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुग्नेछन्।

तर हार बेहोर्ने टिमको गोलअन्तर क्रोएसिया र स्कटल्यान्डको विजेताभन्दा पछि रहेको अवस्थामा उसले पनि अन्तिम १६ मा पुग्ने आशा भने कायम रहनेछ। त्यसका लागि तेस्रो हुने टिमको उत्कृष्ट चारमा पर्नु पर्नेछ।

प्रकाशित: Jun 22, 2021| 10:08 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।