बुधबार, माघ ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एरिक्सनको हृदयघातले भावुक बनेको डेनमार्क पुनरागमन जितसँगै अन्तिम १६ मा

एरिक्सनको हृदयघातले भावुक बनेको डेनमार्क पुनरागमन जितसँगै अन्तिम १६ मा

घरेलु भूमिमा रसियाविरुद्ध ४–१ गोलको जितसँगै डेनमार्कले जारी युरो कपको अन्तिम १६ मा स्थान बनाएको छ।
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

काठमाडौं– घरेलु भूमिमा रसियाविरुद्ध ४–१ गोलको जितसँगै डेनमार्कले जारी युरो कपको अन्तिम १६ मा स्थान बनाएको छ।

National life

अब उसले अन्तिम १६ मा वेल्ससँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ। एक हप्ता अघि मात्र कोपनहेगनस्थित सोही मैदानमा मिडफिल्डर क्रिस्टियन एरिस्कनको हृदयघातले भावुक बनेको टिमले पछिल्ला दुई खेलमा जित निकाल्न सकेको थिएन।

तर, सोमबार रातिको खेलमा जित निकालेसँगै खेलाडीको आँखामा एरिक्सन प्रतिको सम्मान र दुई हारपछि जितको भावना प्रस्ट देखिन्त्यो। रेफ्रीले खेल अन्त्य भएको जनाउमा सिट्ठी फुकेसँगै खेलाडीले मैदानमै पछिल्लो हप्ताको सम्झना मिश्रित भावना प्रकट गरेका थिए।

खेलअघिसम्म डेनमार्क शून्य अंकका साथ समूह बीको पुछारमा थियो। यता उसले अन्तिम खेलमा प्रतिद्वन्दी रसियाको सामना गर्नुपर्ने थियो। अर्कातर्फ सोही समूहको फिनल्यान्डले बेल्जियमको सामना गरिरहेको थियो। 

तालिकामा समान तीन अंक भएका रसिया र फिनल्यान्ड दोस्रो र तेस्रो स्थानमा थिए। उनीहरू मध्ये कुनै एक टिमले जित निकालेको अवस्थामा डेनमर्कको अन्तिम १६ मा पुग्ने सपना साकार हुने थिएन। तर त्यस्तो भएन।

Laxmi sunrise bank
kumari

सोही समूहको अर्को खेलमा बेल्जियमले फिनल्यान्डलाई हराउने आशाका साथ रसियाविरुद्ध खेल्न मैदान पसेको डेनमार्कले ठूलो गोलअन्तरका साथ जित निकाल्यो। साथै फिनल्यान्डले पनि बेल्जियमसँग २–० गोलअनतरको हार बेहोर्‍यो।

यससँगै गोलअन्तरका आधारमा समान तीन अंक भएका रसिया र फिनल्यान्डलाई पछि पार्दै डेनमार्कले  अन्तिम १६ मा स्थान पक्का गर्यो।

डेनमार्कको जितका लागि मिनेकल डेम्सगार्ड, युसुफ पोल्सेन, आन्द्रेयस क्रिस्टन्सन र योआकिम मेलले समान १–१ गोल गरे। पहिलो हाफको ३८औं मिनेटमा गेम्बगार्डको गोल गरेपछि एक गोलले अघि रहेका डेनमार्कले दोस्रो हाफमा तीन गोल थप्यो भने एक गोलको सामना गर्यो।

दोस्रो हाफको ५९औं, ७९औं र ८२औं मिनेटमा क्रमशः पोल्सेन, क्रिस्टिन्सन र मेलले गोल गरे। त्यसबीत खेलको ७०औं मिनेटमा पोनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै रसियाले एक गोल फर्काएको थियो।

प्रकाशित: Jun 22, 2021| 00:36 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।