बिहीबार, असार २५, २०८३

युरोकप : स्पनेलाई पोल्यान्डको चुनौती

युरोकप २०२० अन्तर्गत आज (शनिबार) राति हुने तेस्रो खेलमा स्पेनले पोल्यान्डको सामना गर्दैछ।
 |  शनिबार, असार ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार ५, २०७८

काठमाडौं- युरोकप २०२० अन्तर्गत आज (शनिबार) राति हुने तेस्रो खेलमा स्पेनले पोल्यान्डको सामना गर्दैछ। आजको तेस्रो र समूह ईमा रहेको स्पेनको समूह चरणको दोस्रो खेलमा पोल्यान्डसँग खेल्न लागेको हो।

स्पेनको सेभिल्लीस्थित घरेलु मैदानमा स्पेनले राति पौने १ बजे पोल्यान्डको सामना गर्ने छ।
फरवार्ड लाइनका समस्या खेपिरहेको स्पेनले जारी युरोकपको पहिलो खेलमा स्वीडेनविरुद्ध झन्डै हजार पास खेले पनि गोल गर्न सफल भएको थिएन। र, खेल गोलरहित बराबरी भएको थियो।

यता स्वीडेनले भने दोस्रो खेलमा स्लोभाकियालाई हराइसकेको छ। स्लोभाकियाविरुद्धको जितसँगै चार अंक बनाएको स्वीडेन समूह ईको शीर्षस्थानमा छ भने तीन अंक बनाएको स्लोभाकिया दोस्रो स्थानमा छ।

स्पेन भने एक अंका साथ समूहको तेस्रो स्थानमा छ। अंकविहीन पोल्यान्ड तालिकाको पुछारमा छ। आजको खेलमा स्पेन र पोल्यान्ड फुटबलको मूख्य प्रतियोगितामा पहिलोपटक भिड्दैछन्।

ठूला प्रतियोगिता (विश्वकप र युरोकप) बाहेकका पछिल्ला १० खेलमा स्पेनले आठ खेल जितेको छ। ४० वर्षअघिको एक मैत्रीपूर्ण खेलमा पोल्यान्डको टिमले बार्सिलोनमा स्पनेलाई २–१ गोलले हराएको थियो।

यता २१ औं शताब्दीमा स्पेनले पोल्यान्डलाई दुईपटक आतिथ्यता प्रदान गरेको छ। जहाँ स्पेनले २००० को एक खेलमा ३–० र २०१० को जुनमा ६–० गोलको जित निकालेको थियो।

प्रकाशित: Jun 19, 2021| 09:15 शनिबार, असार ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।