बिहीबार, असार २५, २०८३

फोर्सबर्गको निर्णायक गोलमा स्वीडेनको जित 

जारी युरोकपअन्तर्गत समूह ईको दोस्रो चरणको खेलमा स्लोभाकियाविरुद्ध स्वीडनले १-० गोलको जित निकालेको हो।
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

काठमाडौं- पेनाल्टी गोलको सहयोगमा स्वीडेनले स्लोभाकियामाथि संघर्षपूर्ण जित निकालेको छ। जारी युरोकपअन्तर्गत समूह ईको दोस्रो चरणको खेलमा स्लोभाकियाविरुद्ध स्वीडनले १-० गोलको जित निकालेको हो।

पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरीमा रोकिएको स्वीडेनले दोस्रो खेलमा जित निकाल्दै तीन अंक थप गरेको छ। स्वीडेनको जितका लागि इमिल फोर्सबर्गले निर्णायक गोल गरेका थिए।

खेलको ७७औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै उनले गोल गरे। यता खेल अवधिभर स्वीडेनको पोस्टमा शून्य प्रहार गरेको स्लोभाकियाले गोल गर्न सकेन। त्यस्तै, स्लोभाकियाको पोस्टमा चार अटेम्प गरे पनि पेनाल्टीबाहेक स्वीडेनका सबै प्रयास खेर गए।

तर ७७ औं मिनेटमा स्लोभाकियाका गोलकिपर मार्टिनले स्वीडेनका रोबिनमाथि डि बक्समा फल गरेपछि पाएको पेनाल्टीको स्वीडेनले सदुपयोग गरेको थियो।

यो जितसँगै चार अंक बनाएको स्वीडेन समूहको शीर्षस्थानमा छ भने तीन अंक भएको स्लोभाकिया दोस्रो स्थानमा छ। एक अंक जोडेको स्पेन तेस्रो स्थानमा छ भने अंकविहीन पोल्यान्ड पुछारमा छ।

प्रकाशित: Jun 18, 2021| 15:16 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।