शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • प्रविधि
  • अन्तर्राष्ट्रियस्तरको अन्तरिक्ष ओलम्पियाडमा भाग लिन नेपालमा आठौं ओलम्पियाड हुँदै

अन्तर्राष्ट्रियस्तरको अन्तरिक्ष ओलम्पियाडमा भाग लिन नेपालमा आठौं ओलम्पियाड हुँदै

नेपालमा अन्तरिक्ष विज्ञानसम्बन्धी काम गरिरहेको संस्था नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले आउँदो जुन २६ मा आठौं एस्ट्रोनोमी ओलम्पियाड गर्ने भएको छ।
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

काठमाडौं- नेपालमा अन्तरिक्ष विज्ञानसम्बन्धी काम गरिरहेको संस्था नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले आउँदो जुन २६ मा आठौं एस्ट्रोनोमी ओलम्पियाड गर्ने भएको छ।

triton college

नासोले विगत आठ वर्ष (सन् २०१४) देखि आयोजना गर्दै आएको ओलम्पियाड यो वर्ष जुन २६ मा गर्न लागेको हो।

ओलम्पियाडका क्रममा प्रदेश १ मा देवराज सापकोटा, प्रदेश २ मा नसिर मुल्ला, बागमती प्रदेशमा सागर दाहालले कक्षा सञ्चालन गर्नेछन्। त्यस्तै गण्डकी प्रदेशमा राजकुमार ढकाल, लुम्बिनी प्रदेशमा मुक्तिनाथ पौडेल, कर्णाली प्रदेशमा डा. पुष्पराज आचार्य र सुदूरपश्चिमा प्रेमराज जोशीले कक्षा दिनेछन्।

नासोका अनुसार अहिलेसम्म आवेदन दिने सयभन्दा धेरै भएका छन्। ‘पाँच दिन अझै समय बाँकी छ, संख्या बढ्न सक्छ,’ नासोका अध्यक्ष सुरेश भट्टराईले भने।

ओलम्पियाडमा छानिएका विद्यार्थीको योग्यता सूची बनाएर राष्ट्रियस्तरको ओलम्पियाडमा सहभागी गराउने नासोको तयारी छ। उनले भने, ‘तीन चरणमा यो कक्षा सञ्चालन हुन्छ र त्यसपछिको प्रतियाेगिताबाट उनीहरूलाई छान्छौं। त्यसमा जुनियर र सिनियर गरेर छुट्याउने गरेका छौं।’

corrent noodles
Metro Mart

जुनियरतर्फ ८, ९ र १० कक्षामा पढ्ने विद्यार्थी समावेश हुन पाउनेछन् भने ११ मा भर्ना नभएका विद्यार्थी पनि सहभागी बन्ने छन्। यी विद्यार्थी १६ वर्षसम्मका हुनुपर्ने छ। त्यस्तै, सिनियरतर्फ ११ र १२ पढ्दै गरेका र विश्वविद्यालयको कार्यक्रममा भाग नलिएका २० वर्षभन्दा कम उमेरका विद्यार्थीले भाग लिन पाउने छन्। ‘हामीले जुनियर र सिनियरको छुट्टाछुट्टै योग्यता सूची बनाउँछौं,’ उनले भने।

नेपालको ओलम्पियाडमा छानिएका विद्यार्थीहरूले चार विभिन्न विधाका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी बन्न पाउने छन्। जसमा नेपालबाट २३ देखि ३५ जनासम्म विद्यार्थीले अन्तर्राष्ट्रिय ओलम्पियाडमा सहभागी बन्न पाउँछन्।

यसअघि नेपालबाट २०१४ मा पाँच जना विद्यार्थी सहभागी बनेका थिए। त्यसपछि एकपटक तीन जना मात्र सहभागी बने। नेपालबाट धेरैमा १० जनासम्म विद्यार्थी सहभागी बन्न सफल भएका छन्। नेपालबाट सहभागी बनेका केही विद्यार्थीले मेडल पनि ल्याउने गरेका छन्। 

‘यो वर्ष कतिओटा कार्यक्रम हुन्छ भन्ने कुराले महत्त्व राख्छ। योजनाअनुसार आयोजना भएर चारवटै प्रतियोगिता भएमा हामीले तोकिएको संख्यामा सहभागी गराउन सक्नेछौं। रोमानियाको कार्यक्रम स्थगित भएकाले कति सहभागी गराउन सकिन्छ अहिले भन्न सकिएन,’ अध्यक्ष भट्टराईले भने।

अबको अन्तर्राष्ट्रिय ओलम्पियाड दक्षिण अमेरिकाको कोलम्बोस्थित बोगटामा नोभेम्बर १४ देखि २१ सम्ममा हुनेछ। यो सिनियरहरूको कार्यक्रम हो। यो ‘इन्टरनेसनल ओलम्पियाड अन एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स’ को १४ औं संस्करण समेत हो।

साथै इटालीमा हुने प्रतियोगिता २५ औं अन्तराष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड हो। यो प्रतियोगिता इटालीको मातेरा सहरमा अक्टोबरमा हुनेछ। यसमा तीन जना जुनियर र तीन जना सिनियरले भाग लिन पाउनेछन्।

यता कोलम्बिया र इटालीबाहेक अन्य ओलम्पियाडको मिति आइसकेको छैन। कोलम्बियाको ओलम्पियाड यो वर्ष हाइब्रिड शैलीमा हुने भएकाले १० प्रतियोगी विद्यार्थीलाई सहभागी गराउने नासोले बताएको छ। इटालीको प्रतियोगिता भने भौतिक रुपमा हुनेछ।

प्रकाशित: Jun 14, 2021| 07:53 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...