बुधबार, माघ ७, २०८२

आइतबार स्वदेश फर्कँदै नेपाली फुटबल टिम

इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टिम गत जेठ ११ गते मंगलबार इराक प्रस्थान गरेको थियो। विश्वकप छनोटको तयारीका लागि इराकसँगको मैत्रीपूर्ण खेलमा नेपालले ६–२ गोलको पराजय बेहोरेको थियो।
 |  शनिबार, जेठ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २९, २०७८

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिम आइतबार स्वदेश फर्कँदै छ। फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटका तीन र एक मैत्रीपीपूर्ण खेलपछि नेपाली टिम स्वदेश फर्कन लागेको हो।

National life

इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टिम गत जेठ ११ गते मंगलबार इराक प्रस्थान गरेको थियो। विश्वकप छनोटको तयारीका लागि इराकसँगको मैत्रीपूर्ण खेलमा नेपालले ६–२ गोलको पराजय बेहोरेको थियो।

विश्वकप छनोटका तीन खेलका लागि जेठ १६ गते नेपाली टिम स्थलमार्गबाट न्युट्रल भेन्यू कतारमा पुगेको थियो। कतारमा नेपालले चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियासँग खेलेको थियो। पहिलो लेगका सबै खेल अवे मैदानमा खेलेको नेपालले कोभिड-१९ को प्रभावका कारण दोस्रो लेगको खेल कुवेतमा खेलेको हो।

नेपालले दोस्रो लेगमा चाइनिज ताइपेईलाई २–० गोलले हराएको थियो। त्यस्तै जोर्डन र अस्ट्रेलियासँग भने समान ०–३ गोलको हार बेहोरेको थियो। त्यसअघि कुवेतसँगको खेल भने भुटानमा खेलेको थियो। विश्वकप छनोटको खेलपछि नेपाली टिम भोली हङकङ हुँदै नेपाल फर्किने टिमका सदस्यले जानकारी दिएका छन्।

इराक र कुवेत भ्रमणका दौरान ५ युवा खेलाडीले डेब्यूसमेत गरेका छन्। टिममा परेका ६ नयाँ खेलाडीमध्ये पाँच खेलाडीले डेब्यूको अवसर पाए भने गोलकिपर विशाल सुनारले भने डेब्यूको अवसर पाएनन्। डेब्यू गर्नेमा मनिष डाँगी, गौतम श्रेष्ठ, आयुष घलान, कमल श्रेष्ठ र सुरज ठकुरी थिए। विश्वकप छनोटका ८ खेलमा नेपालले दुई जित र ६ हार व्यहोरेको छ।

Laxmi sunrise bank
kumari

विश्वकपको अर्को चरणमा पुग्न नसकेको नेपालले एसिया कप छनोट खेलका लागि प्ले अफ खेल्नुपर्ने भएको छ।

प्रकाशित: Jun 12, 2021| 13:54 शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।