बुधबार, माघ ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ब्राजिलको सर्वोच्च अदालतले भन्यो- कोपा अमेरिका ब्राजिलमै अघि बढ्छ

ब्राजिलको सर्वोच्च अदालतले भन्यो- कोपा अमेरिका ब्राजिलमै अघि बढ्छ

ब्राजिलमा प्रतियोगिता आयोजना गर्दा हजारौँ मानिसमा कोरोना संक्रमण हुन सक्ने भएकाले रोक्न रिटमा माग गरिएको थियो। न्यायाधीशले आयोजना रोक्नका लागि अदालतसँग कुनै अख्तियार नभएको बताएका छन्। 
 |  शुक्रबार, जेठ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २८, २०७८

काठमाडौं- आइतबारबाट सुरु हुन लागेको दक्षिण अमेरिकाको महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिका ब्राजिलमा नै गर्न त्यहाँको सर्वोच्च अदालतले मान्यता दिएको छ।

National life

ब्राजिलको सर्वोच्च अदालतले प्रतियोगिता निर्धारित मिति र स्थानमै बढ्ने बताएको निर्णय सुनाएको हो।कोरोनाभाइरसको महामारीका कारण प्रतियोगिता रोक्न माग गर्दै दायर रिट निवेदनको आपत्कालीन सुनुवाई गदै बिहीबार सर्वोच्चले यस्तो निर्णय सुनाएको हो।

ब्राजिलमा प्रतियोगिता आयोजना गर्दा हजारौँ मानिसमा कोरोना संक्रमण हुन सक्ने भएकाले रोक्न रिटमा माग गरिएको थियो। न्यायाधीशले आयोजना रोक्नका लागि अदालतसँग कुनै अख्तियार नभएको बताएका छन्। 

अब कोपा अमेरिकामा सहभागी खेलाडीले हरेक ४८ घण्टाको अन्तरालमा कोभिड-१९ को टेस्ट गर्नुपर्ने भएको छ। साथै खेलाडीले बाहिर हिँडडुल गर्न पाउने छैनन् र उनीहरुले आयोजक सहरमा चार्टर्ड उडानबाट जानुपर्नेछ।

यो कामका लागि न्यायाधीशहरुले राज्य सरकार र सहरका मेयरले आयोजनामा चनाखो हुनुपर्ने र आवश्यक स्वास्थ्य मापदण्ड अपनाउन सहयोग गर्नुपर्ने बताएका छन्।

Laxmi sunrise bank
kumari

सन् २०२० मा आयोजना हुनुपर्ने कोपा अमेरिका कोरोनाभाइरसको महामारीका कारण एक वर्ष धकेलिएपछि अहिले आयोजना हुन लागेको हो।

प्रतियोगिताको अघिल्लो संस्करण ब्राजिलमा आयोजना भएको थियो। अबको संस्करण अर्जेन्टिना र कोलम्बियाले संयुक्त आयोजना गर्ने बताएका थिए। तर कोलम्बियामा सरकारविरोधी आन्दोलन बढेपछि र अर्जेन्टिनामा कोभिड संक्रमण बढ्दै गएपछि उनीहरुले आयोजना गर्न नसक्ने बताएका थिए।

यसकारण प्रतियोगिता सुरु हुनुभन्दा दुई हप्ता अघि मात्र ब्राजिलले आयोजना गर्ने भएको थियो। अघिल्लो हप्ता एक सूचना निकाल्दै ब्राजिलका खेलाडीले पनि प्रतियोगिताको आलोचना गरेका थिए।

ब्राजिलमा कोरोना भाइरसका कारण अहिलेसम्म ४ लाख ७५ हजारभन्दा धेरै मानिसको ज्यान गइसकेको छ।

प्रकाशित: Jun 11, 2021| 13:11 शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।