मोवाइलमा कति ब्याट्रि छ भन्ने पनि थाहा पाउँछौं । ‘क्यामब्रिज एनालिटि’ का डेटा लिक भएको विवादमा उठेको प्रश्नको उत्तर फेसबुकले दिएको छ ।
क्यालिफोर्निया ‘क्यामब्रिज एनालिटि’ को डेटा लिक भएको विवादमा फेसबुकले अमेरिकाको उच्च सदनमा यु एस सिनेटमा जवाफ दिएको छ ।
जसमा उनले सजिलै भने कि फेसबुक युजरको निजी जानकारी, के मनपर्छ के मनपर्दैन भन्ने उसले चलाउने हरेक किर्बोड र माउसको चालबाट थाहा पाउन सकिन्छ । कुनै व्यक्तिले कम्प्युटरमा फेसबुक लग ईन गरेको छ भने उनको माउस र किबोर्डको हरेक क्लिकबाट फेसबुकले थाहा पाउँछ कि युजरले आफ्नो धेरै समय कुन विषयमा लगाउँदैछ ।
सोही हिसाबले फेसबुकले अरु कन्टेन्टहरु सिफारिस गर्ने गर्दछ ।
यसरी निगरानी राख्छ फेसबुकले- डिभाइस इन्र्फोमेसन
- हामी जुन कम्प्युटर, मोवाइल या अन्य तरिकाबाट फेसबुक खोल्छौं त्यसको जानकारी फेसबुकले राखेको हुन्छ । प्रयोग गरको मोवाइलमा कति खाली ठाँउ बाँकि छ, कस्तो फोटो छ र कसको नम्बरहरु राखिएको छ भन्ने सबै जानकारी फेसबुकले राख्दछ ।
- ऐप इन्र्फोमेसन
- हाम्रो मोवाइलमा कुन कुन ऐप छ र प्रत्येक ऐपलाई कति समय दिन्छौं र भन्ने जानकारी पनि फेसबुकले राखेको हुन्छ ।
यस्ता सम्पूर्ण जानकारी फेसबुकले युजरको नाममा सञ्चित गरेको हुन्छ ।
- डिभाइस कनेक्सन
- नेटर्वक र वाई फाई कनेक्सनको जानकारी पनि फेसबुकले राखेको हुन्छ । कुन वाई फाई नेटवर्क प्रयोग हुँदैछ सम्पूर्ण जानकारी राख्दछ ।
- र युजरको लोकेसन पत्ता लगाउन फेसबुक डिभाइस जि पि एस मा पनि निगरानी राख्ने गर्दछ ।
- व्याट्रि लेभल
- युजरको ब्याट्रि लेभल हेरेर मात्र ऐप अपड्ेट गर्नेगर्छ, सोही कारण फेसबुकले ब्याट्रि लेभलमा पनि निगरानी राख्ने गर्छ ।
- क्यामरा इन्फर्मेसन
- फेसबुकले युजरले प्रयोग गर्ने क्यामरा र माइक्रोफोनमा पनि कडा निगरानी राखेको हुन्छ । यसबाट नै फेसबुकले युजरलाई ऐप फिल्टर र अन्य नँया फिचरको सुझाव दिने गर्दछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४