बिहीबार, असार २५, २०८३

एकदिवसीय विश्वकपमा १४ र टी-२० विश्वकपमा २० टिम रहने

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आगामी एकदिवसीय विश्वकप २०२७ मा सहभागी बन्ने राष्ट्रहरूको संख्या बढाएको छ।
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

काठमाडौं - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आगामी एकदिवसीय विश्वकप २०२७ मा सहभागी बन्ने राष्ट्हरूको संख्या बढाएको छ।

इंग्ल्यान्ड विश्वकप २०१९ र इन्डिया विश्वकप २०२३ मा १० राष्ट्र मात्र समावेश गर्ने निर्णय गरेको आईसीसीले त्यसपछिका विश्वकपका लागि १४ राष्ट्र समावेश गर्ने जनाएको हो।

त्यस्तै आईसीसीले २०२३ देखि २०३१ सम्ममा आफ्नो क्यालेन्डरमा विशेष परिवर्तन ल्याउँदै टी-२० विकश्वकपममा सहभागी राष्ट्रहरूको संख्या पनि वृद्धि गरेको हो।

अब टी–२० विश्वकपमा २० राष्ट्र सहभागी बन्न पाउने भएका हुन्। साथै ५० ओभरको च्याम्पियन ट्रफी पुनः आयोजना गर्ने आईसीसीको योजना छ।

२०१७ मा स्थगित गरिएको च्याम्पियन ट्रफी पुनः सुरु गरिन लागेको हो, जहाँ ओडीआईका शीर्ष आठ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। यो प्रतियोगिता २०२५ र २०२९ मा हुने बताइएको छ।

यता आईसीसीले विश्व टेस्ट च्याम्पियनसिपको फर्म्याट भने पहिलेकै कायम राखेको छ, जहाँ ९ देशले आपसमा दुई वर्षमा ६ सिरिज खेल्नेछन्। ती प्रतियोगिता २०२५, २०२७, २०२९ र २०३१ बीचमा हुनेछन्।

अहिले जारी विश्व टेस्ट च्याम्पियपनसिपको फाइनल खेल मात्र बाँकी छ, जहाँ इन्डिया र न्युजिल्यान्डले आउँदो जुनमा लर्डसमा प्रतिस्पर्धा गर्नेछन्।

२०२७ र २०३१ मा हुने विश्वकपमा अब ५४ खेल हुनेछन्। र, २०२३ को इन्डिया विश्वकप नै सबैभन्दा थोरै टिम सहभागी गराउने अन्तिम विश्वकप बन्ने छ।

यता १३ टिम सम्मिलित एकदिवसीय सुपर लिगलाई कसरी बढाउने भन्ने कुरा भने आईसीसीले गरेको छैन। अहिलेको विश्वकपमा भने शीर्ष आठ टिम आफैं छनोट हुनेछन् भने बाँकी टिम छनोटबाट जानेछन्।

यता टी-२० विश्वकपमा भने २० टिमलाई पाँचपाँच टिमको चार समूह बनाइने छ। त्यसमा शीर्ष दुई टिम अर्को चरणमा प्रवेश गर्नेछन्। जहाँ प्रतियोगिताभर ५५ खेल हुनेछन्।

यता च्याम्पियन ट्रफी भने पुरानै शैलीमा हुनेछन्। शीर्ष आठ टिम चार-चार टिममा बाँडिने छ र समूह चरणका खेल हुनेछन्। शीर्ष दुई टिम सेमिफाइनल खेल्ने छन्। र, विजेता टिमले फाइनल खेल्नेछन्।

प्रकाशित: Jun 02, 2021| 04:09 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।