बुधबार, माघ ७, २०८२

विश्वकप छनोटको अन्तिम तयारीमा नेपाली टिम (तस्विरहरू)

नेपाली राष्ट्रिय फुटबल टिम फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटको अन्तिम तयारीमा छ।
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिम फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटको अन्तिम तयारीमा छ।

National life

विश्वकप छनोटअघि गएको शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेलेको नेपाली टिम आइतबार छनोट खेलका लागि कुवेत प्रस्तान गरेको थियो।

छनोटको तयरीका लागि इराकसँगको खेलमा नेपालले ६–२ गोलको हार बेहोरेको थियो। पछिल्ला धेरै अन्तराष्ट्रिय खेलमा गोल गर्न नसकेर आलोचना हुँदै आएको नेपालले पछिल्ला दुई (बंगलादेश र इराक)विरुद्धका खेलमा भने गोल गर्न सफल भएको छ।

चैतबाट नेपाली राष्ट्रिय टिम सम्हालेका प्रशिक्षक अब्दुल्लाह हलमुताईरीले युवा खेलाडीलाई केही सयम दिन सकेमा उनीहरूले राम्रा गर्ने बताएका छन्।
उनले इराकविरुद्धको खेलमा नेपालले हार बेहोरेपछि माफि माग्दै आउँदो खेलमा गल्ती नदोहार्‍याउने बताएका छन्।

कुबेतमा सम्पूर्ण नेपाली खेलाडी र अफिसियलको कोभिड–१९ टेस्ट भइसकेको छ। साथै सम्पूर्ण खलाडीको नजिता नेगेटिभ आएको छ।

Laxmi sunrise bank
kumari

र, अहिले नेपालीटिम चाइनिज ताइपेइविरुद्धको जुन तीन तारिकको खेलका लागि अन्तिम चरणको अभ्यासमा छ।

प्रशिक्षक अलुमताइरीले नयाँ खेलाडीसँगै टिमले नयाँ रणनीति र फर्मेसनमा खेल्न लागेको बताएका छन्। त्यस्तै, उनले अबको खेलमा नतिजा जस्तो पनि हुनसक्ने बताएका छन्।

‘हामीले नयाँ रणनीतिका साथ फुटबल खेल्दैछौं। नयाँ शैली र त्यसको कार्यान्वयन सुरुमा केही गाह्रो नै हुन्छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए।

विश्वकप छनोटको समूह बीमा रहको नेपालले समूह चरणको खेलमा चाइनिज ताइपेईसँग जुन ३ मा, जोर्डसनसँग जुन ७ मा र अस्ट्रेलियासँग जुन ११ मा जबर अल अहमद अन्तर्राष्ट्रिय रंगाशलामा खेल्नेछ। नेपाली टिम जुन १२ मा स्वदेश फर्किने छन् ।

यसअघिका खेलमा नेपालले चाइनिज ताइपेलाई २–० गोलले हराए पनि जोर्डन र अष्ट्रेलियासँग लज्जाप्द हार बेहोर्दा नेपाली टिमले गोल गर्न सकेको थिएन्।

यी हुन् नेपाली टिमका खेलाडी

गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की

डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास

मिडफिल्डर : विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान

फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा

प्रकाशित: Jun 01, 2021| 02:44 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।