मंगलबार, जेठ २०, २०८२
  • गृहपृष्ठ
  • प्रविधि
  • विश्वकै सबैभन्दा ठूलो खगोल विज्ञान सम्मेलनमा नेपालबाट ३१ जना सहभागी

विश्वकै सबैभन्दा ठूलो खगोल विज्ञान सम्मेलनमा नेपालबाट ३१ जना सहभागी

विश्वकै सबैभन्दा ठूलो खगोल विज्ञान सम्मेलनमा नेपालका ३१ जनाले सहभागिता जनाएका छन्।
 |  शनिबार, जेठ १५, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

vianetvianet

काठमाडौं– विश्वकै सबैभन्दा ठूलो खगोल विज्ञान सम्मेलनमा नेपालका ३१ जनाले सहभागिता जनाएका छन्।

शुक्रबार सम्पन्न सम्मेलनमा नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) को नेतृत्वमा विद्यार्थी र खगोल विज्ञानसम्बन्धी अध्ययन गरिरहेका अनुसन्धाता सहभागी बनेका हुन्।

कम्युनिकेटिङ एस्ट्रोनोमी विथ पब्लिक (क्याप) को नवौं सम्मेलन गएको मे २४ बाट २९ सम्म विश्वभरि भर्चुअल्ली रुपमा सम्पन्न भएको थियो। आयोजक इन्टरनेसनल एस्ट्रोनोमिक युनियन (आईएयू) ले प्रत्येक वर्ष आयोना गर्ने क्याप कोभिड–१९ को महामारीका कारण यो वर्ष भर्चुअल्ली गर्दा ८४ देशका १२ सय जनाले सहभागीता जनाएका थिए।

सम्मेलनमा प्रोफेसर जोन बेस्ली, प्रोफेसन पज्व शास्त्री, प्रोफेसन ट्राविर सेक्टरलगायतले प्रस्तुति दिएका थिए। नेपालका तर्फबाट भने नासोका अध्यक्ष सुरेश भट्टराईले प्रस्तुति दिए।

सुरेशले नेपालमा खगोल विज्ञान र ज्योतिष विज्ञानको फरकबारे प्रस्तुति दिएका थिए। नेपालमा एस्ट्रोनोमी र एस्ट्रोलोजिलाई एउटै बुझिँदै आएको सुरेश बताउँछन्।

National life insurance

उनले ती दुई विषय फरक रहेकोमा प्रकाश परेका थिए। त्यस्तै, नेपालमा खगोल विज्ञान विस्तारबारे १० मिनेटको प्रस्तुति दिएका थिए।

प्रकाशित: May 29, 2021| 07:49 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...