मंगलबार, असोज १३, २०८३

६ कक्षा पढेका सांसदले कोरोना संक्रमितलाई इन्जेक्सन लगाएपछि... 

भारतको सुरतमा ६ कक्षा पढेका भारतीय जनता पार्टीका एक सांसदले कोरोना भाइरस संंक्रमितलाई इन्जेक्सन लगाइदिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं– भारतको सुरतमा ६ कक्षा पढेका भारतीय जनता पार्टीका एक सांसदले कोरोना भाइरस संंक्रमितलाई इन्जेक्सन लगाइदिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कोरोना संक्रमण बढिरहेका बेला अस्पतालको अनुगमन गर्न पुगेका सांसद वीडि झालावडियाले संक्रमित बिरामीलाई इन्जेक्सन लगाएका हुन्।

६ कक्षामात्रै पढेका सांसदले कोरोना बिरामीलाई इन्जेक्सन लगाएपछि कतिपयले भारतको स्वास्थ्य प्रणालीको वास्तविक अवस्था बाहिर आएको टिप्पणी गरेका छन्। सुरतको सरथाण क्षेत्रमा रहेको एक आइसोलेसन सेन्टरमा अनुगमन गर्न पुगेका सांसदले आफैं संक्रमितलाई सुई लगाइदिएका हुन्।

नर्सको हातबाट इन्जेक्सन मागेर उनले आफूखुसी लगाएपछि कतिपयले सांसदले चर्चित हुनका लागि यस्तो हर्कत गरेको बताएका छन् भने कतिपयले सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड भएको बताइरहेका छन्। चौतर्फी विरोध भएपछि सांसद वीडिले कांग्रेसले आफ्नो बदनाम गर्न अनेकन कुरा गरेको आरोप लगाएका छन्।

सांसदले सर्वसाधारणको स्वास्थ्यप्रति खेलबाड गरेको भन्दै आलोचना गरेपछि उनले आफूले निरन्तर ४० दिनदेखि सो क्षेत्रमा काम गरिरहहेको बताएका छन्। ‘म ४० दिनदेखि निरन्तर यही क्षेत्रमा काम गरिरहेको छु, संक्रमितलाई दिइने रेम्डिसिभिर औषधी राखेर इन्जेक्सनमा भरेको हुँ, लगाएको होइन,’ सांसद वीडि झालावडियाले भनेका छन्।

भारतीय जनता पार्टीले महामारीमा जनताको सेवा गरिरहेको भए पनि कांग्रेसले निरन्तर आलोचना मात्रै गर्ने उनले गुनासो गरेका छन्। ‘भाजपा सेवामा लागिरहेको छ, कांग्रेसको काम जहिल्यै विवाद र हल्लाखल्ला गर्नुमात्रै हो,’ उनले भनेका छन्।

–आजतक
 

प्रकाशित: May 23, 2021| 12:38 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।