सोमबार, असोज १२, २०८३

एम्बुलेन्समा अश्लील हर्कत गर्ने चार जना पक्राउ

एम्बुलेन्स जहिल्यै हतारमा हुन्छ, उसको आफ्नै रफ्तार हुन्छ। एम्बुलेन्सका लागि एक–एक सेकेन्डको महत्व हुन्छ। किनकी एक सेकेन्डमा पनि बिरामीको ज्यान तलमाथि हुन सक्छ।
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

काठमाडौं– एम्बुलेन्स जहिल्यै हतारमा हुन्छ, उसको आफ्नै रफ्तार हुन्छ। एम्बुलेन्सका लागि एक–एक सेकेन्डको महत्व हुन्छ। किनकी एक सेकेन्डमा पनि बिरामीको ज्यान तलमाथि हुन सक्छ।

एम्बुलेन्सको महत्व जहिल्यै उत्तिकै हुने भए पनि कोरोना भाइरसको महामारीमा यसको महत्व अझ धेरै हुन्छ। एम्बुलेन्स आउने आशमा बिरामी कुरिरहेका हुन्छन्।

अहिलेको सन्दर्भमा बिरामीको सासको आश हो एम्बुलेन्स। तर भारतको उत्तर प्रदेशमा भने अत्यन्तै संवेदनाहिन घटना बाहिरिएको छ। उत्तर प्रदेशको बनारसमा एम्बुलेन्सभित्र अश्लील हर्कत गरिरहेका चार जना स्वास्थ्यकर्मी पक्राउ परेका छन्।

आजतकका अनुसार प्रहरीले एम्बुलेन्सभित्र अश्लील हर्कत गरिरहेका तीन जना पुरुष र एक महिलालाई पक्राउ गरेको छ। बनारसको सुजाबादस्थित सुनसान क्षेत्रमा रोकिएको एम्बुलेन्स घण्टौंसम्म पनि त्यही रहेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

महामारीमा सर्वसाधारणको जीवनमाथि खेलबाड गरेको र सार्वजनिक स्थलमा अश्लील हर्कत गरेको भन्दै प्रहरीले एम्बुलेन्ससहित उनीहरुलाई नियन्त्रणमा लिएको छ।

एम्बुलेन्सलाई भ्याइनभ्याई भइरहेको महामारीको समयमा एकै ठाउँँमा उभिएको र हल्लिरहेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेको बताएका छन्। प्रहरीले उनीहरु विरुद्ध मुद्दा चलाई जेल चलानसमेत गरेको  छ।


 

प्रकाशित: May 16, 2021| 11:49 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।