सोमबार, असोज १२, २०८३

चितामा आगो झोस्दा रुँदै उठेपछि...

भारतको महाराष्ट्रमा अन्तिम संस्कार गर्ने बेला महिला चिताबाट उठेकी छिन्।
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

भारतको महाराष्ट्रमा अन्तिम संस्कार गर्ने बेला महिला चिताबाट उठेकी छिन्।

 कोरोना भाइरसबाट संक्रमित ७६ वर्षीया महिला शकुन्तला गायकवाडलाई मृत घोषणा गरी अन्तिम संस्कारका लागि आफन्तले महाराष्ट्रको बारामती घाट लगेका थिए।

महाराष्ट्रको मुधले गाउँकी ती महिलालाई आफन्तले अन्तिम संस्कार गर्न तयार हुँदा महिला रुँदै उठेकी थिइन्।

गाउँका प्रहरी अधिकारी सन्तोष गैकवाडले महिला घाटबाट उठेपछि उपचारका लागि अस्पताल पठाइएको जनाएका छन्।

केहि दिनअघि शकुन्तलालाई कोरोना देखिएपछि होम आइसोलेसनमा राखिएको थियो। होम आइसोलेसनमा स्वास्थ्य बिग्रिदै गएपछि परिवारले बारामती अस्पताल लगेका थिए।

अस्पतालमा बेड र आईसीयू अभाव थियो। बेड र आईसीयू पाइने आशमा केही समय उनीहरुले एमबुलेन्समै राखेर कुरे।

समयमा बेड नपाएपछि शकुन्तला बेहोस भएकी थिइन्। बेहोस भएपछि आफन्तले उनलाई होसमा ल्याउन थुप्रै प्रयास गरे।

तर, शकुन्तलाको शरीर शिथिल भएको थियो। अनेक प्रयास गर्दा पनि उनको शरीर चल्मलाएन।

केही सीप नलागेपछि आफन्तले उनको प्राण गएको ठानेर अन्तिम संस्कारका लागि घाटमा लगेका थिए।

आफन्तले घाटमा शकुन्तलाको शरीरमा आगो लगाउन खोज्दा उनी उठेर रुँन थालेकी थिइन्।

शकुन्तला उठेको देख्दा आफन्तले खुसी हुँदै तुरुन्त अस्पताल पुर्‍याएका थिए। खालिज टाइम्सबाट

प्रकाशित: May 16, 2021| 07:42 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।