शुक्रबार, असार २६, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • त्रिदेशीय क्रिकेट सिरिज जित्ने २३ खेलाडीलाई जनही ४ लाख पुरस्कार

त्रिदेशीय क्रिकेट सिरिज जित्ने २३ खेलाडीलाई जनही ४ लाख पुरस्कार

सरकारदले हालै सम्पन्न त्रिदेशीय टी–२० सिरिजमा जित हासिल गर्ने नेपाली क्रिकेट खेलाडीलाई जनही ४ लाख रुपैयाँ पुरस्कार दिने भएको छ।
 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

काठमाडौं– सरकारदले हालै सम्पन्न त्रिदेशीय टी–२० सिरिजमा जित हासिल गर्ने नेपाली क्रिकेट खेलाडीलाई जनही ४ लाख रुपैयाँ पुरस्कार दिने भएको छ।

मन्त्रिपरिषद्को ९ वैशाखमा बसेको बैठकले खेलाडीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। सिरिजमा मलेसिया, नेदरल्याण्डस र नेपाल सहभागी थिए। 

नेपालको तर्फबाट टिममा छनोट भएका २३ जना खेलाडी सबैले सरकारले घोषणा गरेको पुरस्कार पाउनेछन्। त्यसैगरी तीन जना प्रशिक्षकलाई पनि प्रतिव्यक्ति दुई लाखका दरले  नगद प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय सरकारले गरेको छ।

शनिबार सम्पन्न सिरिजमा नेपालले ऐतिहासिक जित निकालेको थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सविरुद्ध १४२ रनको फराकिलो जित निकाल्दै उपाधि हात पारेको हो।

नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १७.२ ओभरमा पूरै विकेट गुमाएर ९६ रनमा समेटिएको थियो।
 

प्रकाशित: Apr 28, 2021| 10:24 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।