काठमाडौं– सरकारदले हालै सम्पन्न त्रिदेशीय टी–२० सिरिजमा जित हासिल गर्ने नेपाली क्रिकेट खेलाडीलाई जनही ४ लाख रुपैयाँ पुरस्कार दिने भएको छ।
मन्त्रिपरिषद्को ९ वैशाखमा बसेको बैठकले खेलाडीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। सिरिजमा मलेसिया, नेदरल्याण्डस र नेपाल सहभागी थिए।
नेपालको तर्फबाट टिममा छनोट भएका २३ जना खेलाडी सबैले सरकारले घोषणा गरेको पुरस्कार पाउनेछन्। त्यसैगरी तीन जना प्रशिक्षकलाई पनि प्रतिव्यक्ति दुई लाखका दरले नगद प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय सरकारले गरेको छ।
शनिबार सम्पन्न सिरिजमा नेपालले ऐतिहासिक जित निकालेको थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सविरुद्ध १४२ रनको फराकिलो जित निकाल्दै उपाधि हात पारेको हो।
नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १७.२ ओभरमा पूरै विकेट गुमाएर ९६ रनमा समेटिएको थियो।