शुक्रबार, असार २६, २०८३

तातोपानीमा राष्ट्रव्यापी महिला भलिबल

प्रतियोगितामा नेपाल आर्मी क्लब, नेपाल प्रहरी क्लब, नेपाल एपीएफ क्लब, न्यु डायमन्ड क्लब, ढोरपाटन प्रशिक्षण केन्द्र, बालाजु र सिन्धुपाल्चोक भलिबल संघ गरी ६ टिम सहभागी हुने प्रतियोगिता व्यवस्थापन मूल समितिका संयोजक कुमार श्रेष्ठले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएका हुन्।
 |  बिहीबार, वैशाख २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २, २०७८

काठमाडौं- भोटेकोशी गाउँपालिकाको आयोजनामा 'भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रव्यापी महिला भलिबल प्रतियोगिता' हुने भएको छ। वैशाख ८ गतेदेखि सुरु हुने प्रतियोगिता वैसाख ११ सम्म सञ्चालन हुने जानकारी आयोजकले दिएको छ।

प्रतियोगितामा नेपाल आर्मी क्लब, नेपाल प्रहरी क्लब, नेपाल एपीएफ क्लब, न्यु डायमन्ड क्लब, ढोरपाटन प्रशिक्षण केन्द्र, बालाजु र सिन्धुपाल्चोक भलिबल संघ गरी ६ टिम सहभागी हुने प्रतियोगिता व्यवस्थापन मूल समितिका संयोजक कुमार श्रेष्ठले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएका हुन्।

प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले २ लाख, तेस्रोले १ लाख र चौथो हुने टिमले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई २० हजार नगद प्रदान गरिनेछ।

विधागत उत्कृष्टतर्फ स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेटर र प्रशिक्षकलाई जनही ७ हजार नगदबाट पुरस्कृत गरिने छ। प्रत्येक खेलको ‘प्लेयर अफ म्याच’ लाई २ हजार नगद पुरस्कार दिइने छ।

प्रतियोगिताका खेलहरु भोटेकोशी गाउँपालिका-२ स्थित तातोपानी आधारभूत विद्यालयमा खेलाइने छ।

प्रकाशित: Apr 15, 2021| 16:06 बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।