शुक्रबार, असार २६, २०८३

आईपीएलमा बैंगलोरको लगातार दोस्रो जित

१५० रनको लक्ष्य पाएको सनराइजर्स हैदराबादले निर्धारित पुरा ओभर खेले पनि लक्ष्य पुरा गर्न नसेपछि ६ रनको हार बेहोरेको छ।
 |  बिहीबार, वैशाख २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २, २०७८

काठमाडौं – १५० रनको लक्ष्य पाएको सनराइजर्स हैदराबादले निर्धारित पुरा ओभर खेले पनि लक्ष्य पुरा गर्न नसेपछि ६ रनको हार बेहोरेको छ।

इन्डियन प्रमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई रंगशालामा बुधबार राति सम्पन्न खेलमा हैदराबादलाई हराउँदै रोयल च्यालेन्सर्ज बैंगलोरले लगातार दोस्रो जित निकालेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले पुरा ओभर खेल्दै आठ विकेटको क्षतिमा १४९ रन बनाएको थियो। 

त्यसका लागि  ग्लेन म्याक्वेलले ५९ रनको योगदान दिँदा कप्तान विराट कोहलीले ३३ रन जोडेका थिए। त्यस्तै, शहबाह अहमद १४ रनमै आउट भए।

हैदराबादका लागि बैंगलोरको तीन विकेट जेसन होल्डरले गिराए भने दुई विकेट लिनेमा राशिद खान रहे। भुवनेश्वर कुमार, शहबाज नदिम र टी नटराजनले पनि एकएक विकेट लिए।

जवाफी ब्याटिङमा पुरा ओभर खेल्दै आठ विकेट गुमाएर १४३ रनमा समेटिएको हैदराबादका लागि कप्तान डेबिड वार्नरले ५४ रन बनाए भने मनिष पाण्डेले ३८ रन बनाए।

त्यस्तै, जोनी बेयरिस्टोले १२ र रशिद खानले १७ रनका योगदान दिए।

सहबाज नदिमले हैदराबादको तीन विकेट गिराए भने हर्षल पटेलले दुई–दुई विकेट लिए।

यो जितसँगै अंकतालिकामा चार अंक बनाएको बैंगलोर शीर्षस्थानमा छ।

आईपीएलमा आज रातिको खेलमा दिल्ली क्यापिटलले राजस्थान रोयल्को सामना गर्नेछ।

प्रकाशित: Apr 15, 2021| 01:19 बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।