शुक्रबार, असार २६, २०८३

२७ वर्षपछि पाकिस्तानी खेलाडी ओडीआई वरीयताको शीर्षस्थानमा

२७ वर्षपछि पाकिस्तानी खेलाडीलाई एक दिवसीय क्रिकेटको शीर्षस्थानमा रहने अवसर जुरेको हो। 
 |  बुधबार, वैशाख १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १, २०७८

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले बुधबार सार्वजनिक गरेको एक दिवसीय क्रिकेटको वरीयतामा पाकिस्तानी खेलाडी शीर्षस्थानमा परेका छन्। २७ वर्षपछि पाकिस्तानी खेलाडीलाई एक दिवसीय क्रिकेटको शीर्षस्थानमा रहने अवसर जुरेको हो। 

आइसीसीको ओडीआई वरीयतामा पाकिस्तानका बाबाजर अजाम शीर्षस्थानमा उक्लिएका हुन्। यसअघि शीर्षस्थानमा रहेका विराट कोहलीलाई पछि पार्दै अजाम शीर्ष स्थानमा उक्लिएका हुन्।

२७ वर्षपछि ओडीआईको शीर्षस्थानमा पुगेका अजाम पाकिस्तानका चौथा खेलाडी हुन्। यसअघि हमवत जाहिर अब्बास, जावेद मियानन्द र मोहम्मद युसुफ शीर्षस्थानमा पुगेका थिए।

यसअघि कोहली १२५८ दिन एक दिवसीय क्रिकेटको शीर्षस्थानमा कायम थिए।

प्रकाशित: Apr 14, 2021| 11:33 बुधबार, वैशाख १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।