काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले बुधबार सार्वजनिक गरेको एक दिवसीय क्रिकेटको वरीयतामा पाकिस्तानी खेलाडी शीर्षस्थानमा परेका छन्। २७ वर्षपछि पाकिस्तानी खेलाडीलाई एक दिवसीय क्रिकेटको शीर्षस्थानमा रहने अवसर जुरेको हो।
आइसीसीको ओडीआई वरीयतामा पाकिस्तानका बाबाजर अजाम शीर्षस्थानमा उक्लिएका हुन्। यसअघि शीर्षस्थानमा रहेका विराट कोहलीलाई पछि पार्दै अजाम शीर्ष स्थानमा उक्लिएका हुन्।
२७ वर्षपछि ओडीआईको शीर्षस्थानमा पुगेका अजाम पाकिस्तानका चौथा खेलाडी हुन्। यसअघि हमवत जाहिर अब्बास, जावेद मियानन्द र मोहम्मद युसुफ शीर्षस्थानमा पुगेका थिए।
यसअघि कोहली १२५८ दिन एक दिवसीय क्रिकेटको शीर्षस्थानमा कायम थिए।