शुक्रबार, असार २६, २०८३

विश्वकप छनोट खेल्न ३२ खेलाडी बन्द प्रशिक्षणमा

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मे १७ (जेठ २) बाट बन्द प्रशिक्षण सुरु गर्ने गरी ३२ खेलाडी सम्मिलित राष्ट्रिय टिमको घोषणा गरेका छन्।
 |  मंगलबार, चैत ३१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३१, २०७७

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मे १७ (जेठ २) बाट बन्द प्रशिक्षण सुरु गर्ने गरी ३२ खेलाडी सम्मिलित राष्ट्रिय टिमको घोषणा गरेका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज सामाजिक सञ्जालमा सूचना जारी गर्दै ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको सूचना दिएको हो।

कतार फुटबल संघको विशेष सहयोगमा नेपाल आएका कुवेती प्रशिक्षक अल्मुताईरीलाई यही चैत २२ गते एन्फाले मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो।

डिफेन्डिङ फुटबल खेल्दै आएको नेपाललाई आक्रामक फुटबल खेलाउने बताएका प्रशिक्षकले दर्शन गुरुङ, भरत खवास, अभिषेक रिजाल र नवयुग श्रेष्ठलाई फरवार्डको जिम्मा लगाउने सुरुआती निर्णय गरेका छन्।

यसअघि फरवार्डमा खेल्दै आएका अन्जन विष्ट मिडफिल्डमा छन्। त्यस्तै, घेरेलु फुटबलमा फरवार्ड खेल्ने गरेका संजोक राई पनि मिडफिल्डमा छन्।

बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडी

गोलकिपर– किरण कुमार लिम्बु, विकेश कुथु, विशाल सुनार र दीप कार्की

डिफेन्डर– रोहित चन्द, अनन्त तामाङ, रंजित धिमाल, निशान खड्का, दिनेश राजवंशी, अजित भण्डारी, गौतम श्रेष्ठ,  विकास खवास र छिरिङ गुरुङ

मिडफिल्डर– अन्जन विष्ट, विशाल राई, सन्तोष तामाङ, विवेक बस्नेत, प्रकाश बुढाथोकी, श्यान्सु भुसाल, सुमन लामा, त्रिदेब गुरुङ, मनिस डाँगी, सुनिल बल, रवीशंकर पासवान, सेसेहाङ आङदेम्बे,  तेज तामाङ, एरिक विष्ट, संजोक राई,

फरवार्ड– दर्शन गुरुङ, भरत खवास, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

प्रकाशित: Apr 13, 2021| 12:03 मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।