शुक्रबार, असार २६, २०८३

दोस्रो लहरको कोरोनाले खेलकुद क्षेत्र अन्योलमा : श्रेष्ठ

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ अध्यक्ष दीपक श्रेष्ठले नेपालमा पनि दोस्रो लहरको कोभिड-१९ को महामारी बढ्दै जाँदा खेलकुद क्षेत्र अन्योलमा पर्न थालेको बताएका छन्।
 |  मंगलबार, चैत ३१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३१, २०७७

काठमाडौं - राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ अध्यक्ष दीपक श्रेष्ठले नेपालमा पनि दोस्रो लहरको कोभिड-१९ को महामारी बढ्दै जाँदा खेलकुद क्षेत्र अन्योलमा पर्न थालेको बताएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले खेलकुद क्षेत्रबारे चासो व्यक्त गरेका हुन्। ‘पहिलो लहरमा देशैभरि खेलकुद सुस्तायो, अब दोस्रो लहरको कोरोना भाइरस आइसकेको छ,’ उनले भने, ‘त्यसले खेलकुदलाई अन्योलमा पुर्‍याएको छ।’

डेढ वर्षअघि नेपालमा १३ औं दक्षिण एसियाली खेलकुद सागपछि ठूला अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना हुन सकिरहेको छैन। त्यसैले युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई खेलकुदका आउँदा योजना तयार पार्नका लागि सहयोग गर्न श्रेष्ठले अनुरोधसमेत गरेका छन्।

यस्तै नेपाल ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठले लिभिङ विथ कोभिडको सिद्धान्तलाई हामीले आत्मसात् गर्नुपर्ने बताएका छन्।ओलम्पिक कमिटीले आफूले अभ्यासमा राखेका १२ जना खेलाडीलाई दोस्रो लहरको कोरोनामा पनि यथावत राख्ने उनकाे भनाइ छ। 

उनले सरकारले नै योजना बनाएर खेलकुदमा संलग्न मानिसलाई खेलकै क्रममा कोरोना लागेमा क्वारेन्टिन/आइसोलेसनको व्यवस्था गर्न अनुरोध गरेका छन्।

गत फागुनमा गण्डकी प्रदेशमा हुने भनिएको नवौं राष्ट्रिय खेलकुदबारे सरकारले अझैसम्म निर्णय गर्न सकेको छैन। त्यस्तै नियमित क्यालेन्डरमा भएका खेल गतिविधि सञ्चालन हुन सकेका छैनन्।

प्रकाशित: Apr 13, 2021| 06:24 मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।