शुक्रबार, असार २६, २०८३

चर्च बोइज, वीरगंज र सामाजिक फुटबल क्लब बी डिभिजनमा बढुवा

सी डिभिजनमा लिगविजेता बन्दै चर्च बोइज बी डिभिजन फुटबल लिगमा बढुवा भएको छ।
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

काठमाडौं- सी डिभिजनमा लिगविजेता बन्दै चर्च बोइज बी डिभिजन फुटबल लिगमा बढुवा भएको छ।

समूह चरणमा शीर्ष तीनमा रहँदै सुपर सिक्समा पुगेको चर्च बोइजले सोमबार भएको अन्तिम खेलमा झापा फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै लिग च्याम्पीयन बनेको हो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलबाट वीरगंज युनाइटेड र सामाजिक युवा क्लब पनि बी डिभिजनमा बढुवा भएका छन्।
वीरगंजले अन्तिम खेलमा खालीबारी युथ क्लबलाई ३–१ गोलले हरायो भने सामाजिक युवा क्लबले वीरगंज युथ एकेडेमीलाई १–० गोलले हरायो।

शीर्षस्थानको चर्च बोइजले ११ अंक जोड्दा दोस्रो स्थानको वीरगंजले अंक बनायो। तेस्रो र चौथो स्थानका वीरगंज युथ एकेडेमी र सामाजिक युवा क्लबको समान ७–७ अंक भए पनि हेड टू हेडका आधारमा अघि रहँदै सामाजिक युवा क्लब बढुवा भयो।

यससँगै बी डिभिजन लिगमा १४ क्लब भएका छन्। शीर्ष डिभिजनको फुटबल लिगमा पनि समान १४ क्लब छन्। गत वर्षको बी डिभिजनमा १२ क्लब मात्र सम्मिलित थिए।
त्यहाँबाट पुल्चोक सी डिभिजनमा घटुवा भएको थियो भने लिग विजेता बन्दै सातदोबाटो युथ क्लब ए डिभिजनमा उक्लिएको थियो।

गत वर्ष सम्पन्न ए डिभिजन लिगको पुछारमा रहँदै सरस्वती युथ क्लब बी डिभिजनमा घटुवा भइसकेको छ।
बाँकी क्लबहरु भने यथावत् छन्। सी डिभिजन लिगबाट सानोगौचरन रेलिगेसनमा परेको छ। उसले फेरि सी डिभिजन लिग खेल्न क्वालिफायर खेल्नुपर्ने छ।

प्रकाशित: Apr 12, 2021| 12:10 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।