शुक्रबार, असार २६, २०८३

वाइवाइले यू-१९ क्रिकेटका लागि ७० लाख दिने

चौधरी ग्रुपले ‘वाइवाइ’को नाममा यू-१९ क्रिकेटका विभिन्न प्रतियोगिताका लागि ७० लाख रूपैयाँ बराबरको प्रायोजन गर्ने भएको छ।
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

काठमाडौं - चौधरी ग्रुपले ‘वाइवाइ’को नाममा यू-१९ क्रिकेटका विभिन्न प्रतियोगिताका लागि ७० लाख रूपैयाँ बराबरको प्रायोजन गर्ने भएको छ।

काठमाडौंमा सोमबार (आज) एक कार्यक्रम गर्दै नेपाल क्रिकेट संघ (क्यान)ले चौधरी ग्रुपसँग पाँच वर्षका लागि सम्झौता गरेको हो।

चौधरी ग्रुपले यसअघि पनि १० वर्षसम्म नेपाली क्रिकेटको विभिन्न कार्यक्रममा प्रायोजन गर्दै आएको छ। तर, चार वर्षको अन्तरालपछि सीजी ग्रुपले पुनः क्रिकेटमा लगानी सुरु गरेको हो।

सम्झौताअनुसार हरेक दुई वर्षमा १० प्रतिशतले रकम वृद्धि गर्दै लैजाने सम्झौतामा उल्लेख छ। यससँगै उसले क्यानले आयोजना गर्ने यू–१९ का विभिन्न प्रतियोगिताका लागि प्रायोजन गर्ने छ।

क्यानले आइतबार एक बैठक सम्पन्न गर्दै यू–१९ टिमको लागि प्रायोजनसँग सम्झौता गर्ने बताएको थियो। तर, यू–१९ प्रतियोगिता घोषणा भने भइसकेको छैन।

प्रकाशित: Apr 12, 2021| 05:43 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।