शनिबार, फागुन ३०, २०८२

म्यानचेस्टर युनाइटेडको पुनरागमन

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडले टोटेनहम हट्सपरविरुद्ध पुनरागमन जित निकालेको छ।
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

काठमाडौं – इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडले टोटेनहम हट्सपरविरुद्ध पुनरागमन जित निकालेको छ।

National life

यससँगै टोटेनहमको अन्तिम चारमा पुग्ने सपना पनि थप टाढा पुग्दै गएको छ। पहिलो हाफमा बनाएको अग्रता जोगाउन नसकेपछि टोटेनहमले ३–१ गोलको हार बेहोरेको हो।

खेलको ४० औं मिनेटमा लुकास मोउराले दिएको पासलाई सन ह्युङ मिनले गोलमा परिणत गरेपछि टोटेनहम पहिलो हाफमा एक गोलले अघि थियो।

तर, खेलको ५७ औं मिनेटमा फ्रेडले गोल गरेपछि नै खेल बराबरीमा आयो। प्रतिस्पर्धात्मक खेलको अन्तिम ११ मिनेट बाँकी रहँदा मेसन ग्रिनुडको पासमा एडिसन काभानीले गोल गरेपछि युनाइटेडले अग्रता बनायो।

त्यति मात्र होइन, इन्ज्युरी समयमा पाउल पोग्बाले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै ग्रिनवुडले ३–१ को गोल अन्तरमा खेल सके।

Laxmi sunrise bank
kumari

यो जितसँगै युनाइटेड दोस्रो स्थानमा थप बलियो भएको छ। उसको ६३ अंक छ भने तेस्रो स्थानको लेस्टर सिटीको ६३ अंक छ।

त्यस्तै चौथौ स्थानको वेस्ट ह्यामको ५५ अंक छ। 

पाँचौ स्थानको चेल्सीको ५४ अंक हुँदा छैटौं स्थानको लिभरपुलको ५२ अंक छ। त्यस्तै ४९ अंक बनाएको टोटेनहम सातौं स्थानमा छ।

प्रकाशित: Apr 12, 2021| 01:31 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।