शुक्रबार, असार २६, २०८३

आइपिएलमा कोलकत्ताको विजयी सुरुआत

इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकत्ता नाइट राइडर्सले विजयी सुरुआत गरेको छ।
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकत्ता नाइट राइडर्सले विजयी सुरुआत गरेको छ।

म्यान अफ दि म्याच बनेका नितिश रानाले ८० रनको योगदा दिएको खेलमा कोलकत्ताले सनराइजर्स हैदराबादविरुद्ध १० रनको जित निकालेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको कोलकत्ताले पुरा ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो। १ सय ८८ रनको लक्ष्यका साथ मैदान पसेको हैदराबाद पुरा ओभर खेल्दै पाँच विकेट गुमाएर १ सय ७७ रनमा समेटिएपछि खेल कोलत्ताले जितेको हो।

कोलकत्ताका लागि रानाले १३ बाउन्ड्रिसहित ८० रन बनाउँदा राहुल त्रिपतीले पनि अर्धसतकिय पारी खेले। दिनेश कार्तिकाले अविजित २२ रन बनाए।

हैदराबादका राशिद खान र मोहम्मद नावीले समान २/२ विकेट लिँदा भुवनेश्वर कुमार र टी नटराजनले समान १/१ विकेट लिए।

जवाफमा मनिष पाण्डेले अविजित ६१ रन र जोन्नी ब्रिस्टोले ५५ रन बनाए पनि डेबिड वार्नर र रिद्धिमान शाहले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। त्यसबाहेक अब्दुल समदले १९ रन बनाए।

कोलकत्ताका लागि प्रशिद कृष्णले दुई विकेट लिँदा शकिब अल हसन, पट कमिन्स र आन्द्रे रसेलले समान १/१ विकेट लिए।

यो जितसँगै कोलकत्ताले दुई अंक जोडेको छ।

प्रकाशित: Apr 12, 2021| 00:47 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।