शनिबार, फागुन ३०, २०८२

आर्मीसँग खेल्ने बैंगलोरको टिममा बार्सिलोनाका खेलाडी !

त्यसमध्येका एकजना त स्पेनिस क्लब बार्सिलोनाको ‘बी’ टिममा खेलिसकेका खेलाडी पनि छन्। बार्सिलोना ‘बी’ ले सेगुन्डा डिभिजन खेल्छ। 
 |  आइतबार, चैत २९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०७७

काठमाडौं- एएफसी प्रिलिमिनरी सेकेन्ड राउन्डमा पुगेको नेपाली टोली त्रिभुवन आर्मी फुटबल क्लबले आगामी वैशाख १ गते भारतको गोवामा बैंगलोर टिमविरुद्ध खेल्दैछ।
सिंगल लेगको नकआउट खेलमा जित निकाल्न सके आर्मीका लागि एएफसी कपको समूह चरणमा पुग्नका लागि एक खेल बाँकी रहन्छ। 

National life

श्रीलंका पुलिससँग एकमात्र अन्तर्राष्ट्रिय खेल खेलेको र कीर्गिस्तानसँग एक मैत्रीपूर्ण खेल खेलेको आर्मीका लागि यो खेल निकै चुनौतीपूर्ण छ। त्यसो त इन्डियन टिमका खेलाडीको बाक्लो उपस्थिति रहेको बैंगलोरको टिममा विदेशी कोटाका खेलाडी पनि छन्। 

त्यसमध्येका एकजना त स्पेनिस क्लब बार्सिलोनाको ‘बी’ टिममा खेलिसकेका खेलाडी पनि छन्। बार्सिलोना ‘बी’ ले सेगुन्डा डिभिजन खेल्छ। 
बार्सिलोना ‘बी’मा राम्रो प्रर्दशन गर्ने खेलाडीले बार्सिलोनाको सिनियर टोलीमा खेल्छन्। बार्सिलोना ‘बी’मा सन् २००६–०८ मा खेलेको खेलाडी हुन् डिमज डेल्गाडो। उनले सेगुन्डा खेल्ने रिक्रिएटिभो र अष्ट्रेलियाको ए लिग खेल्ने सिड्नी वान्डरर्सबाट पनि खेलिसकेका छन्। अहिले उनी बैंगलोरमा आबद्ध छन्।

बार्सिलोनामा खेल्न पाउनु कुनै पनि खेलाडीको लागि गर्वको कुरा हो। त्यहाँको फुटबल स्पिरिट बुझेका खेलाडी आफ्नो टिममा हुनु टिमका लागि गर्वको कुरा हो। त्यसको प्रतिद्वन्द्वी भएर खेल्नु चाहिँ निकै चुनौतीपूर्ण कुरा हो।
इन्डियन टिममै भएका अर्का विदेशी खेलाडी हुन् स्को हर्नान्डेज। उनी पनि स्पेनिस खेलाडी हुन्। उनले लालिगा खेल्ने मायोर्काको बी टिमबाट खेलेका छन्। स्पेनका तीन खेलाडी सम्मिलित टिममा इन्डियाका सर्वाधिक गोलकर्ता सुनिल क्षेत्रीसमेत छन्।

हर्नान्डेज र क्षेत्रीको फरवार्ड लाइनलाई आर्मीका डिफेन्डर विकास खवास, दीपक गुरुङ र गौतम श्रेष्ठले सामना गर्नुपर्ने छ। अझ बैंगलोरसँग ब्राजिलियन खेलाडी लेटियन सिल्वा र अष्ट्रेलियन निकोलस फिट्जेराल्ड पनि छन्।
३४ वर्षे फरवार्डले मेक्सिको, थाइल्यान्ड, चीनलगायतका देशमा फुटबल खेलिसकेका छन्। उनले त्यहाँ शीर्ष डिभिजनको लिगमा खेलेका थिए।

Laxmi sunrise bank
kumari

त्यही टिमविरुद्ध नवयुग श्रेष्ठ र भरत खवासको फरवार्ड लाइनले सामना गर्नुपर्ने छ, स्पेनिस खेलाडी फ्रन गोन्जालेजको। गोन्जालेज स्पेनिस टिम डिपोर्टिभो बीको अनुभव बटुलिसकेका डिफेन्डर हुन्। राष्ट्रिय टिमका राहुन बेखेलगायतका खेलाडीले आर्मीका फरवार्डलाई मुस्किल बनाउन सक्नेछन्। 

यी सबै खेलाडीको अनुभव र महत्व बुझेका आर्मीका प्रशिक्षक नवीन न्यौपानेले यो खेललाई निकै चुनौतीको रुपमा लिएका छन्। उनी भन्छन्, ‘यो खेलमा हाम्रो लक्ष्य पछिल्लो खेलमा गरेका गल्ती नदोहोर्‍याउने रहने छ। हामी बेस्ट दिनेछौं। तर कोभिड लागेका खेलाडीको अभाव चाहिँ हामीमाझ रहने नै छ’

आर्मीका दुई खेलाडीलाई कोभिडको संक्रमण देखिएपछि उनीहरु टिमबाहिर परेका छन्।

प्रकाशित: Apr 11, 2021| 12:19 आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।