काठमाडौं – इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले एस्टोन भिल्लाविरुद्ध २–१ गोलको जित निकालेको छ।
मोहम्मद सलाह र ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डको गोल सहयोगमा लिभरपुलले पुनरागमन जित निकालेको हो।
खेलको ४३ औं मिनेटमा प्रतिद्वन्द्वी भिल्लाका ओले वाट्किन्सले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए।
पहिलो हाफमै एक गोलले पछि परेको अवस्थामा ५७ औं मिनेटमा सलाहले गोल गर्दै खेल बराबरी गरे भने अर्नोल्डले इन्ज्युरी समयमा गोल गरे।
यो जितसँगै लिभरपुल ५२ अंकका साथ पाँचौ स्थानमा छ।
चेल्सीको सानदार जित
शनिबार राति भएको अर्को खेलमा चेल्सीले क्रिस्टल प्यालेसविरुद्ध ४–१ गोलको फराकिलो जित निकालेको छ।
चेल्सीका लागि क्रिस्टियन पुलिसिचले दुई गोल गरे भने कई हभार्टज र कुर्ट जोउमाले समान १–१ गोल गरे।
खेलमा तीनै खेलाडीले पहिलो हाफमा समान १–१ गरेपछि चेल्सीले ३–० गोलको अग्रता बनाएको थियो।
६३ औं मिनेटमा क्रिस्टलका क्रिस्टियन बेन्टेकेले गोल गर्दै पुनरागमन प्रयास गरेका थिए। तर, चेल्सीका पुलिसिचले अर्को गोल थपेर ४–१ को जित निकाले।
यो जितसँगै ५४ अंक बनाएको चेल्सी चौथो स्थानमा छ।
सिटीको हार
पहिलो हाफमै १० खेलाडीमा समेटिएको लिड्स युनाइटेडले म्यानचेस्टर सिटीलाई २–१ गोलमा स्तब्ध बनाएको छ।
लिड्सका स्टुअर्ट डल्लासले दुई गोल गरेपछि खेल पाहुना टिमले जितेको हो। उनले पहिलो हाफमा अग्रता बनाएसँगै अर्का खेलाडी कपुरलाई चाहिँ गुमाएको थियो।
यता सिटीका लागि फरान टोरेसले गोल गरे। हारका बाबजुद सिटी १४ अंकको अग्रताका साथ शीर्षस्थानमा छ।
दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ६० अंक छ।